१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाँजासहित तीनजना पक्राउ

धादिङ – बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट प्रहरीले आठ किलो पाँच सय ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०२ नम्बरको बस चेकजाँचका क्रममा सो गाँजा भेटिएको हो।

बसको सिटमाथि कपडाको झोलामा लुकाएर राखेको अवस्थामा जोगिमाराको प्रहरी टोलीले बरामद गरेको हो। गाँजासहित बसमा सवार कास्की जिल्लाको माछापुच्छे नगरपालिका–८ बस्ने १८ वर्षीय सन्जोक सुनारलाई पक्राउ गरिएको छ। सुनारलाई नियन्त्रण गरी अनुसन्धान गर्दा सो गाँजा मलेखुबाट पोखरातर्फ जाँदै गरेको ग१३प ५०४९ नम्बरको स्कुटरमा सवार व्यक्तिहरूको रहेको खुलेको थियो।

सोही आधारमा स्कुटर चालक स्याङ्जा, चिनिबास बस्ने १९ वर्षीय नयन थापा मगर, स्कुटीपछाडि सवार कास्की, लेखनाथ महानगरपालिका–९ बस्ने १९ वर्षीय संगीत बिकलाई पनि पक्राउ गरिएको छ।

प्रकाशित: ४ भाद्र २०७६ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App