१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रशासनको छड्के निरीक्षणः ३ कार्यालय प्रमुख र १५ अधिकृतसहित ७७ कर्मचारी अनुपस्थित

सिरहा– जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार संघ तथा प्रदेशस्तरीय विभिन्न कार्यालयको आकस्मिक निरीक्षण गरेको छ। निरीक्षणका क्रममा १३ वटा कार्यालयका ३ प्रमुख १ उपसचिव १५ अधिकृतसहित ७७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार डिभिजन वन कार्यालय सिरहा, लहान,  खानेपानी संस्थान लहान, सडक कार्यालय लहान, नापी कार्यालय लहान, मत्सय विकास केन्द्र लहान, कृषि सामग्री कम्पनी लिमिटेड लहान, नेपाल खाद्य संस्थान लहान, बाली संरक्षण प्रयोगशाला सिरहा, जिल्ला आर्युवेद केन्द्र सिरहा, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सिरहा, नापी कार्यालय सिरहा, यातायात कार्यालय लहानमा निरीक्षण गरिएको थियो।

निरीक्षणको क्रममा ३१ जना कर्मचारीले पोशाक नलगाई कार्यालयमा उपस्थित भएको पाइएको थियो। 

कार्यालय समयमा अनुपस्थित कर्मचारीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रजिअ अधिकारीले जानकारी दिए।

प्रकाशित: ३ भाद्र २०७६ १६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App