१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गर्दै

काठमाडौँ- स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा प्रभावकारी बन्दै गएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लाई प्रदेश नं ३ सरकारले आफ्ना सबै जिल्लामा विस्तार गरेको छ। सामाजिक विकास मन्त्रालयले सो कार्यक्रम अन्तर्गत १३ जिल्लाका १ सय १ स्थानीय तहमार्फत सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जनाएको छ।

यसअघि मन्त्रालयले सो कार्यक्रम केही विद्यालयमा कार्यान्वयनमा ल्याइसकेको छ। मन्त्रालयद्वारा आज जारी सूचना अनुसार यसपटक ती स्थानीय तहका १ सय २१ विद्यालयमा नर्सको व्यवस्था गर्न इच्छुक उम्मेदवारको दरखास्त आह्वान समेत गरेको छ।     
     
सूचनाका अनुसार सिन्धुली आठ, रामेछाप सात, दोलखा आठ, सिन्धुपाल्चोक १०, काभ्रे १२, ललितपुर पाँच, भक्तपुर तीन, काठमाडौ नौ, नुवाकोट १०, रसुवा चार, धादिङ्ग ११, मकवानपुर आठ र चितवन ६ स्थानीय तहका विद्यालयमा एक नर्सको व्यवस्था गरिने छ। मन्त्रालयले चालू आर्थिक वर्षमा १ सय२१ विद्यालयमा नर्स कार्यक्रमका लागि ६ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ।रासस  

 

प्रकाशित: ३ भाद्र २०७६ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App