१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीको पेस्तोल लुट्ने तराई मुक्ति मोर्चाका कार्यकर्ता पक्राउ

रौतहट– रौतहट प्रहरीले विभिन्न अपराधी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुदामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नपा २ गेडहीगुठीका ४२ वर्षका राम एकबाल सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको क्राइम इन्भेस्टिगेसन टिमले सोमबार अबेर साँझ झाँझपुलबाट पक्राउ गरेको हो।

पक्राउ परेका सहनी भूमिगत तराई मुक्ति मोर्चाको कार्यकर्ता रहेको बताइएको छ। २०६७ मंसिर १७ का दिन जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहत रहेको इलाका प्रहरी कार्यालय हर्कठवाबाट प्रनानि लवजंग चौहानको कमान्डमा खटिएको प्रहरी टोलीसँग भूमिगत तराई मुक्ति मोर्चाका पाँच जनाको समूहमा रहेको हतियारधारी समूहसँग तत्कालिन भवानीपुर गाविसको सुकमारी मन्दिर नजिक गोली हानाहान भएको थियो। दोहोरो गोली हानाहानमा मोर्चाको कार्यकर्ताहरुले प्रहरीबाट ५४ एमएमको ठूलो चाइनिज पेस्तोल लुटेका थिए।

सोही मुद्दामा हालसम्म फरार रहेका सहनीलाई रौतहट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजाना मुदामा आवश्यक कारवाहीपश्चात कर्तव्य ज्यान मुद्दाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए।

प्रकाशित: ३ भाद्र २०७६ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App