१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

प्रितम सम्मानित

काठमाडौं – भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्य सम्मानित भएका छन्। सोमबार सुन्धारास्थित सिभिल मलले आयोजना गरेको कार्यक्रममा सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले उनलाई सम्मान गर्दै उपहार प्रदान गरेका थिए।

सिभिल मलको प्रवद्र्धनात्मक कार्यक्रम ‘सिभिल मल सपिङ्ग फिएस्टा २०१९’ को अन्तिम दिन पारेर गरिएको सो कार्यक्रममा गायक आचार्यले प्रतियोगितामा सांगीतिक प्रस्तुति दिएका थिए। सो अवसरमा गोला प्रथाबाट विभिन्न उपहार विजेताको घोषणा गरिएको थियो।

जसअनुसार विर्तामोडकी अञ्जु आचार्यले यमाहा एफ जेड एस १५० जितिन् भने काठमाडौंका कृतांश पाण्डेले एलजी टेलिभिजन र पाटनका रेयांशले एलजी रेफ्रिजरेटर प्राप्त गरेका थिए।

 

प्रकाशित: ३ भाद्र २०७६ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App