प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

मङ्गलबार, ०३ भदौ २०७६, ०९ : ०३ नागरिक

सोलुखुम्बु - खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ। वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्यपालिकाले उक्त निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले जानकारी दिए। आउँदो पुस १६ गतेदेखि लागू हुने गरी खुम्बु क्षेत्रभित्र ३० माइक्रोन्सभन्दा कम तौलका प्लाष्टिक र पेय पर्दाथका प्लाष्टिकजन्य बोतललाई निषेध गरिएको छ। गाउँपालिकाले तोकेको समयभन्दा अगाडि त्यस क्षेत्रका नागरिकलाई पाँच प्रकारको झोला वितरण गर्ने जनाएको छ।

मानवीय क्रियाकलापका कारण जलवायुमा प्रतिकूल असर परेको, हिमालमा हिउँ सुक्दै जान थालेको तथा  जनस्वास्थ्यमा समेत असर पर्ने देखिएकाले प्लाष्टिक निषेध गरिएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए। प्लाष्टिक नकुहिने र जलाउँदासमेत वातावरणसँगै मावन स्वस्थ्यमा समेत असर गर्ने भएकाले निषेध गरिएको प्रवक्ता शेर्पाको भनाइ छ।

उक्त गाउँपालिकाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमाल रहेका छन्। यही हिमालका कारण यस गाउँपालिकामा वर्षेनी ५० हजारभन्दा बढी पर्यटक खुम्बु आउने गर्छन। विश्व सम्पदा सूचीमा रहेको सगरमाथासमेत रहेको सो गाउँपालिका पर्यटकीय हिसाबले अति महत्वपूर्ण मानिन्छ। यस क्षेत्रमा हुने हरेक क्रियाकलाप पर्यावरणमा असर नपर्ने खालको हुनुपर्ने सरोकारवालको सुझाव छ।
 
गाउँपालिका केन्द्रमा यस वर्षदेखि सडक सञ्चालन गर्ने गरी काम भइरहेको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताउनुभयो। उहाँले भन्नुभयो, “सडक निर्माण गर्दा पनि हामी वातावरणलाई ध्यान दिन्छौँ।” वातावरण संरक्षण गर्न नसकेको खण्डमा यस क्षेत्रको पर्यटनमा समेत नकरात्मक असर पर्ने उनको भनाइ छ।रासस








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad