कुटपिट आरोपमा वडाध्यक्षसहित चार पक्राउ

मङ्गलबार, ०३ भदौ २०७६, ०७ : ४५ नागरिक

खोटाङ – हुलहुज्जत गरेर स्थानीय युवालाई निर्घात कुटपिट गरेको आरोपमा केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडाध्यक्षसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार राति सप्तेश्वरकै ३० वर्षीय महेश राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेको ठाडो उजुरीका आधारमा वडाध्यक्ष खगेन्द्र राईसहित चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको डिएसपी बामदेव गौतमले बताए। कुटपिटबाट गम्भीर घाइते भएका महेशलाई आइतबार एक लाख ८० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरी केएमसी अस्पताल काठमाडौं पु¥याइएको छ। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं पु¥याइएको हो। वडा कार्यालय भवन निर्माणका लागि उपभोक्ता समिति गठनको विषयलाई लिएर उनीहरूबीच झगडा भएको स्रोतले बताएको छ।








यसमा तपाईको मत

अन्य समाचार

डिशहोमले एसईई तयारी कक्षा प्रसारण गर्ने

डिशहोमले एसईई तयारी कक्षा प्रसारण गर्ने

डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ । ...

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएको छ । ...

नयाँ रोयल इनफिल्ड बजारमा

नयाँ रोयल इनफिल्ड बजारमा

नेपालका लागि रोयल इनफिल्ड बाइकको बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले उक्त बाइकको क्लासिक ३५० सिसी डुअलच्यानल एबिएस सहितको बिएस४ सार्वजनिक गरेको...

प्रभु लाइफको वार्षिकोत्सव

प्रभु लाइफको वार्षिकोत्सव

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । ...

एसबिआई बैंकको साधारण सभा

एसबिआई बैंकको साधारण सभा

नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वान्जाउ उड्ने

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वान्जाउ उड्ने

नेपाल वायुसेवा निगमले थप दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने भएको छ । ...

नेसनल माइक्रोफाइनान्सको लाभांश पारित

नेसनल माइक्रोफाइनान्सको लाभांश पारित

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २० करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । ...

नाडामा दुलाल अध्यक्ष

नाडामा दुलाल अध्यक्ष

नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल अध्यक्ष चुनिने पक्का भएको छ । ...

Ncell Footer Ad