१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भाइको कुटाइबाट दाजुको मृत्यु

फलेवास (पर्वत)-उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ ।गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो । घरायसी सामान्य विवाद हुँदा टाउकोमा ढुङ्गाले लागी गम्भीर घाइते भएका दलबहादुरको उपचारका लागि गण्डकी अस्पताल, पोखरा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिप्रका, पर्वतले जनाएको छ ।


उक्त घटनामा संलग्न बलबहादुरलाई जिप्रका, पर्वतले पक्राउ गरेको छ । शव गण्डकी अस्पताल पोखरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पर्वतका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए। रासस

प्रकाशित: २८ कार्तिक २०७३ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App