१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

फोहोरमैला र पर्यटन

हरि वाग्ले (काफ्ले)
समृद्धि र सुखको आधार तय गर्नशहरी फोहोर व्यवस्थापनमा विशेष जोड दिनु आवश्यक छ।व्यक्तिको स्वास्थ्य तथा वातावरणसँग प्रत्यक्ष जोडिएको विषय हुनाले यसलाई गहनरूपमा लिनुपर्छ।शहर तथा शहरोन्मुख क्षेत्रको फोहर व्यवस्थापन विश्वभर नै एक चुनौतीका रूपमा देखापरेको छ। नेपाल पनि यस समस्याबाट अछूतो छैन। बढ्दो शहरीकरण, अव्यवस्थित बसोबास, जनसंख्या वृद्धि, बसाइँ सराइ, औद्योगिकीकरण, उपभोगवादी प्रवृत्ति आदिबाट फोहोरमैलाको उत्पादन दिनानुदिन बढदै गएको छ। फोहोरकोउचित व्यवस्थापनले कुनै पनि स्थानविशेषको सभ्यता, संस्कार, व्यवस्थापकीय क्षमता तथा विकासको स्तरसमेतलाईउजागरगर्छ।फोहोर व्यवस्थापनको एकल तथा सर्वमान्य विधि छैन।यो स्थानविशेषको अवस्था तथाव्यवस्थापकीय क्षमतामा  निर्भर हुने गर्छ।

सामान्यतया फोहोरमैला भन्नाले प्रयोग एवं उपयोग गरेर फालिएको, सडे÷गलेको, राख्नुपर्ने ठाउँमा नराखिएको, अव्यवस्थित तरिकाले राखिएको÷छरिएको, मानव तथा अन्य प्राणीको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने, प्राकृतिक वातावरणमा ह्रास ल्याउने चिज÷वस्तु आदिलाई बुझिन्छ। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरमैला व्यवस्थापनको जिम्मेवारीस्थानीय तहलाई  दिएको छ। शहरी फोहोरको बढ्दो दबाबलाई व्यवस्थापन गर्न स्थानीय तहले विशेषरूपमा सोच्न अब ढिला गर्न हँुदैन।भिजिट नेपाल २०२० मनाउन लागेकोसन्दर्भमा फोहोर व्यवस्थापनले पर्यटन प्रवद्र्धनमा समेत महŒवपूर्ण योगदान गर्नेछ।

फोहोर ठोस, अर्धतरल तथा तरल जुनसुकै रूपको पनि हुन सक्छ। यसको दिगो व्यवस्थापनका लागि प्रथमतःफोहोरको उत्पादन नै कमगर्नेतर्फसजग हुन सके पहिलो पाइलोमा नै फोहोर व्यवस्थापनमा सहजता आउँछ। उत्सर्जन भएको फोहरलाई सड्ने र नसड्ने गरी वर्गीकरणगर्ने रसड्ने फोहरबाट कम्पोस्ट विनको सहयोगमा मल बनाइकौसीखेती प्रवद्र्धन गर्ने तथा नसड्ने फोहोरलाई पुनः चक्रण हुने र नहुनेगरीवर्गीकरण गर्नु आवश्यक छ। आमजागरण फोहोरमैला व्यवस्थापनको एक महŒवपूर्ण औजार हो। प्रत्येक टोल, सार्वजनिकस्थल, सवारी साधन आदिमा अनिवार्यरूपमा डस्टबिन व्यवस्था गर्ने, फोहोर संकलन, वर्गीकरण तथा प्रयोगमा सजगता अपनाउन चेतनामूलक एवं प्रचारात्मक जस्ता कार्यक्रम सञ्चालनमा समुदायस्तरीय सहजीकरण तथा अनुगमन समिति परिचालन उपयोगी हुन सक्छ। स्थानीय तहले समुदायसँगको सहकार्यमा प्रोत्साहन तथा दण्डको नीति पनि अवलम्बन गर्न उपयुक्त हुन्छ।

फोहोरकोबढ्दो उत्सर्जन, मानवीय ब्यस्ततातथा व्यवस्थापकीय कमजोरीले शहर तथा शहरोन्मुख क्षेत्रमा फोहोर व्यवस्थापन एक मुख्य चुनौतीबनेको देखिन्छ। नीति, कानुन, संस्थागत व्यवस्था,कार्यक्रमगत प्रयास तथा जनचेतनाबढदै गएतापनि यसमा आशातीत उपलव्धि हासिल भएकोे छैन। फोहोर व्यवस्थापनको दायित्वकानुनतःस्थानीय तहको भए तापनिप्रत्येक व्यक्ति र समुदाय उत्तरदायी नहुँदासम्म यस कार्यले सफलता प्राप्त गर्न कठिन देखिन्छ।फोहोर व्यवस्थापनमा चेतनाको बिस्तार, दण्ड र पुरस्कारको व्यवस्था, समुदायको क्रियाशीलता, सिर्जनशील प्रयोगको बिस्तार, फोहोरलाई आर्थिकोपार्जनसँग आबद्धता, आधुनिक प्रविधिको प्रयोगतथासम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यकताअनुसार कानुन संशोधनबाट फोहोरमैला व्यवस्थापनमा विशेष उपलब्धि हासिल भएआगामी वर्ष २० लाख पर्यटन भित्र्याउने लक्ष्य हासिल गर्न सहज हुनेछ। 

प्रकाशित: २ भाद्र २०७६ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App