१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नुवाकोटमा अर्गानिक पदमार्ग निर्माण गरिने

नुवाकोट - ककनी–सुइरेचौर–चिसापानी–कुटुमसाङलाई अर्गानिक पदमार्ग निर्माण गरिने भएको छ। प्रदेश ३ सरकारले कृषि ज्ञान केन्द्र नुवाकोटमार्फत कार्यान्वयन गर्ने गरी सो क्षेत्रमा अर्गानिक पदमार्ग निर्माण गर्न लागेको हो। दुप्चेश्वर गाउँपालिका–२ र ४, शिवपुरी गाउँपालिका–७ र ककनी गाउँपालिका–२ र ५ वडा समावेश गरी सो पदमार्ग निर्माण गर्न लागिएको हो। यी क्षेत्रको बस्तुस्थितिको अवलोकन गर्न प्राविधिक अध्ययन समिति बनाएर प्रतिवेदन तयार गरिने बताइएको छ।

दुप्चेश्वर गाउँपालिका–२ र ४, शिवपुरी गाउँपालिका–७ र ककनी गाउँपालिका–२ र ५ वडा समावेश गरी सो पदमार्ग निर्माण गर्न लागिएको हो।

दोनडुप प्रतिष्ठान नुवाकोटको संयोजनमा प्रदेश ३ का उपसभामुखको सचिवालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले सो पदमार्गले सम्बन्धित क्षेत्रभित्र रहेका ऐतिहासिक र सांस्कृतिक महŒव बोकेका सम्पदालाई समेत समेट्ने गरी पदमार्ग निर्माण गर्नुपर्ने बताएका छन्। पदमार्ग निर्माणपश्चात् सो क्षेत्रमा स्थानीय विशेषता नहराउने गरी र प्रांगारिक उत्पादनमा जोड दिई पर्यटन प्रवद्र्धन गर्दै लैजाने संघीय सांसद हितबहादुर तामाङले बताए। ‘पुराना योजना एकै प्रकृतिका भए। सडक बनाउँदा गन्तव्यबारे मात्र सोच्न थालियो। मन लोभ्याउने धेरै चिज बाटामा हुन्छन् तर त्यता कसैको ध्यान जाँदैन। त्यसैले नयाँ योजनाका साथ गाउँबस्तीको विकास गरिनुपर्छ,’ सांसद तामाङले भने, ‘सो पदमार्ग बनेपछि पर्यटकलाई लामो समय भुलाउन सकिन्छ। साथै स्थानीयलाई आर्थिक उपार्जन गर्न प्रशस्त बाटा बन्नेछन्।’

संघीय सरकारबाट प्राप्त ससर्त बजेटबाट प्रदेश सरकारले सो पदमार्ग निर्माण गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। पदमार्गलाई नमुना कृषि पर्यटन क्षेत्र निर्माण गर्न कसरी अघि बढ्ने भनेर सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएकोे उपसभामुख राधिका तामाङले बताइन्। ‘घरदेखि बजारसम्म अर्गानिक खाना भेटिन मुस्किल छ अहिले। विषादीयुक्त खानाले स्वास्थ्यमा असर गर्छ भन्ने जानकारी हुँदाहँुदै पनि त्यही खान बाध्य छौं हामी। त्यसैलाई ध्याानमा राखी यस पदमार्गमार्फत प्रांगारिक कृषिलाई प्रवद्र्धन गर्न लागेका हौं,’ तामाङले भनिन्, ‘स्थानीय उत्पादनलाई स्थानीय स्तरमा बजारको खोजी गर्ने काम यो मार्गले गर्छ। तीनै तहको सरकारबीच समन्वयात्मक भूमिका निर्वाह गरी यो मार्ग निर्माण गर्नु आवश्यक छ।’

प्रदेश सांसद बद्री मैनालीले कार्य सम्पादन गर्दा जहाँजहाँ समस्या आउँछ, त्यहाँका नागरिक र सम्बन्धित पक्षसँग छलफल गरी अघि बढ्नुपर्ने तर योजनालाई बीचमै छोड्न नहुने बताए। कार्यक्रममा दुप्चेश्वर, ककनी र शिवपुरीभित्रका जनप्रतिनिधिले आफूहरू स्थानीय नागरिकसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २ भाद्र २०७६ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App