१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मनोहर माविको नयाँ भवन

काठमाडौं – टोखा नगरपालिकास्थित मनोहर माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। नेपाल सरकार, स्थानीय तह र अभिभावकको चन्दा सहयोगबाट निर्मित सो भवनको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका हुन्।

सो कार्यक्रममा उनले सामुदायिक विद्यालयलाई गुणस्तरीय र पूर्वाधारसम्पन्न बनाउन आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। भूकम्पअघि नै निर्माण सुरु भएको सो १२ कोठे चारतले भवनको लागत एक करोड ६९ लाख ९२ हजार छ।

उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वासुदेव अधिकारीले विद्यालयको शैक्षिक गतिविधिको बारेमा प्रकाश पारेका थिए। नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, काठमाडौं जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेल, वडा नं १० का अध्यक्ष मधुसुदन पाण्डेलगायतले विद्यालयको प्रगतिको कामना गरे। २०१९ सालमा स्थापित विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म नौ सय ८५ विद्यार्थी तथा ५२ शिक्षक छन्।

प्रकाशित: २ भाद्र २०७६ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App