१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागूऔषध सहित दुई युवक पक्राउ

सिरहा– सिरहाको छुटाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित दुई जना युवकलाई पक्राउ गरेको छ।

भारतीय सहरबाट लागूऔषध लिएर आइरहेका लहान नगरपालिका १ का २६ वर्षिय मनोज प्रसाद खत्बेलाई औरही गाउँपालिका २ दरैहियाबाट र विजय कुमार पासवानलाई सिरहा नगरपालिका १७ माड्रबाट पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।

खत्बेको साथबाट प्रहरीले फेनार्गन ५६ एम्पुल, नोर्फिन ५८ डाइजाल्यब ५५ एम्पुल र एक थान सिरिन्ज बरामद गरिएको छ भने पासवानको साथबाट नाइट्राभेट १५० चक्की बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३२ श्रावण २०७६ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App