१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मासु पसलमा महिला सिडिओको एक्सनः कुहिएको मासु जफत

जुम्ला– जिल्ला प्रशासन कार्यालयले सदरमुकाम खलंगा आसपासका फ्रेस हाउसबाट ६८ केजी कुहिएको मासु जफत गरेको छ। 

गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय जुम्लाले बजार अनुगमन टोली खटाएको थियो। अनुगमनका क्रममा चन्दननाथ नगरपालिका कालिखोलीका पारस फ्रेस हाउस र दिया फ्रेस हाउसबाट ६८ केजी मासु जफत भएको हो। 

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन्, ‘कुहिएको मासु बेच्न पाइँदैन। कहिकतै अखाद्य बस्तु किनबेच भएको सूचना पाएको खण्डमा तत्काल एक्सनमा गइहाल्छौ।’ उनका अनुसार करिब २० हजार ४ सय मूल्य बराबरको कुहिएको मासु जफत गरी खÞाल्टोमा गाडी व्यवस्थापन गरिएको छ। अनुगमका क्रममा खान योग्य मासु नभएपछि जफत गरिएको थियो।
अनुगमनका क्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अमित भुषण सुमन र भरत रोकया, जिल्ला प्रशासन कार्यालयका रामकृष्ण पाण्डे, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका हरि बहादुर खत्री, सुरक्षाकर्मी र सरोकारवाला सहभागी थिए। गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण गर्न सबैको सहयोग, समन्वय र जागरुकताको अवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन्।

अधिकांश फ्रेस हाउसले नेपालगन्जदेखि मासु मगाउने भएकोले लामो समय टिक्दैन। छोटो समयमै कुहिने भएकोले ग्यासमा पोलेर मासु बेच्ने गरेको पाइएको छ। नेपालगन्ज र जुम्ला विमानस्थलमा मासु परीक्षण गर्ने साधन नहुँदा हप्तौ सम्मको बासी मासु खान जुम्लाबासी बाध्य छन्। यहाँका मासु पसलमा मूल्यमा एक रूपता छैन। सरसफाइमा कमी छन्। मासु काट्ने र बेच्ने ठाउँ प्रतिकुल छन्। कहीँ मासु पसल करको दायरामा आउन सकेका छैनन। खुद्रा पसलमा पनि मासु बेच्ने गरेको पाइएको छ।

उद्योग बाणिज्य संघ जुम्लाका बरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटा जुनसुकै पसल तथा उद्योगलाई करको दायरामा आउन अपिल गरेको बताउँछन्। उनले भने, ‘म्याद गुज्रेको र कुहिएको खाद्य बस्तु किनबेच गर्न पाइँदैन। यो कार्य नगर्न आग्रह गरिएको छ।’ जुम्लामा मात्रै दुई दर्जन बढी मासु पसल छन्।

पछिल्लो समयमा ग्रामिण बस्तीसम्म मासु पसल खोलिएका छन्। 

प्रकाशित: ३२ श्रावण २०७६ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App