१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

चाँदीसहित पक्राउ परेका व्यक्तिलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै । तस्बिरः नागरिक

धनुषा– औरही गाउँपालिकाबाट सशस्त्र प्रहरीले १५ किलो चाँदी बरामद गरेको छ। नेपालबाट भारत भित्र्याउँदै गर्दा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गणले १५ किलो चाँदी शनिबार बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ चाँदी तस्करी गर्ने एकजना भारतीयलाई समेत पक्राउ गरेको छ। जनकपुरबाट १५ किलो चाँदी बोकेर भारततर्फ ज८प ९२३५ नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेका मधुवनी प्रखण्ड जयनगर पञ्चायत–२ का २८ वर्षीय बन्धुकुमार सिंहलाई पक्राउ गरिएको हो।

सशस्त्र प्रहरीले बरामद गरेको चाँदीलाई आइतबार जनकपुर भन्सार कार्यालयमा बुझाउनेछ भने पक्राउ परेका सिंहलाई नेपाल प्रहरीलाई जिम्मा लगाएर अनुसन्धान गर्ने सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जनाए

खुला सिमानाका कारण धनुषामा पछिल्लो समय नेपालबाट भारततर्फ चाँदी ओसारपसार गर्ने कारोबार बढेको हो। गत जेठ २४ गते पनि सशस्त्र प्रहरी साढे १२ किलो चाँदी बरामद गरेको थियो।

प्रकाशित: ३२ श्रावण २०७६ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App