मल्लकालीन लाय्कू भैल सुरु हुँदै

शनिबार, ३२ साउन २०७६, ११ : ५५ नागरिक

भक्तपुर- मध्यपुरको लोपोन्मुख मल्लकालीन लाय्कू भैलः यो आज साँझबाट सुरु हुने भएको छ। गाईजात्राको भोलिपल्ट अर्थात् आजदेखि सुरु हुने नाचको आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएको छ।

४५ वर्ष बन्द भएर रोकिएको लाय्कू भैलःको नाच विगत तीन वर्षयता यहाँका युवाले पुनः सञ्चालनमा ल्याएपछि भने हरेक वर्ष नियमितरुपमा सञ्चालन भइरहेको छ। लाय्कू अर्थात् दरबार र भैलः अर्थात् भैरव नाच मल्लकालदेखि देवीदेवताको मुखाकृति रहेको मुकुण्डो लगाएर नाच्ने गरिन्छ ।

नाचको तयारीका लागि एकसाता अघिदेखि थिमिको ऐतिहासिक लाय्कू दरबारमा प्रशिक्षण दिइरहेका नाचका गुरु अर्जुन श्रेष्ठले जानकारी दिए। मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर यो नाच बालकुमारी मन्दिर प्राङ्गणलगायत विभिन्न टोलमा चार दिनसम्म प्रत्येक साँझदेखि राति अबेरसम्म सञ्चालन हुने उनले जानकारी दिए।

तान्त्रिक विधिअनुसार नचाइने भैलः नाच नेपाल संवत् तिथिअनुरुप गुंलागा द्वितीयादेखि पञ्चमीसम्म चारदिन नचाइन्छ। नाच व्यवस्थापन समितिका संयोजक तथा बाजा गुरु श्रेष्ठले आजदेखि भदौ ३ गतेसम्म नाच सञ्चालन हुने जानकारी दिए। भैलः दुई, दाःगिं दुई र ज्यापूँग एक गरी पाँच देवगण सहभागी हुने नाचको लागि यो वर्ष ज्यापुगः सोहन श्रेष्ठ, न्हापा भैलः विनोद श्रेष्ठ, लिपा भैलः सजन श्रेष्ठ, न्हापा दागिं सज्जन श्रेष्ठ तथा लिपा दागिंको रुपमा सोनिश श्रेष्ठले नाच नाच्ने भएका छन्।

भैरवले खड्ग, कुमारीले डमरु र ज्यापुँगःले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गरिन्छ। नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत गरेपछि ज्यापुँगःले हानेर शान्त बनाइन्छ। नाचका लागि बाजा बजाउने टोलीमा १२ जनाले दागः, आठ जनाले भुस्याः, आठै जनाले पोङ्गा र चार जनाले म्वायेली बजाइन्छ।

तत्कालीन अवस्थामा भूतप्रेत, पिसाचसँगको किंवदन्ती जोडेको भैलः नाच सञ्चालनका लागि हरेक वर्ष करिब १० लाख रूपैयाँ खर्च हुँदै आएको छ । व्यवस्थापन समितिले स्थानीय स्रोतबाट आर्थिक व्यवभार धान्दै आएको छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको नाचलाई दिगो बनाएर सम्बद्र्धन गर्न व्यवस्थापन समितिले अक्षय कोषको व्यवस्था गरेको छ । अक्षय कोषमा १३ लाख रूपैयाँ जम्मा भइसकेको सह-संयोजक निरञ्जन श्रेष्ठले जानकारी दिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad