१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

गाईजात्राको रौनक

मृत्यु सबैको लागि अप्रिय रहन्छ। आफन्तको मृत्युमा सर्वसाधारण शोकमा रहन्छन्। उपत्यकाको नेवार समुदायमा यतिबेला शोकलाई शक्तिमा बदल्न उत्सवमा रमाउँदै छन्। मृत्युबाट कोही पनि पर छैन भन्ने सन्देशका साथ  प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाको दिन मनाइने गाईजात्रा पर्व भक्तपुरमा आठ दिनसम्म चल्छ।

‘यो खास पिँडामा बसेकाले भेला भएर मृतक आत्माको शान्तिको लागि मनाएको एक प्रकारको उत्सव होे,’ संस्कृतविद् ओम धौभडेल भन्छन्, ‘दुःखमा पनि सृजना गर्न सकिन्छ भन्ने उदाहरणसमेत जात्रामा रहेको छ।’ जात्राका अवधिभर हुने सांस्कृतिक कार्यक्रम तथा विभिन्न व्यंग्यात्मक कार्यक्रमले सर्वसाधारणलाई दुःखबाट मुक्ति दिलाउने उनले सुनाए। गाईजात्रालाई नेपाल भाषामा सापारु भनिन्छ। गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ। गाईजात्राका दिन वषर्भित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको सा“चा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ । उमेर पुगेका व्यक्तिहरूको ताहामच्चा अर्थात् चार वटा बा“स प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गर्ने प्रचलन छ।

भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई बिहीबार गाईजात्रा विसर्जन गरिन्छ। ‘भगवानले समेत मर्नुपर्छ भन्ने उदाहरण पनि जात्रामा प्रस्तुत गरिन्छ,’ उनले भने, ‘मृत्युबाट कोही पर छैन भन्ने सन्देश यसले दिएको छ।’

च्यामासिंगका लक्ष्मीप्रसाद प्रजापती पनि जात्रामा सहभागी हुँदा पीडा कम हुने सुनाउँछन्। अघिल्लो माघमा पिता गुमाएका उनी स्वर्गीय कृष्णकुरमा प्रजापतीको आत्माको शान्तिको लागि निकालिएको जात्रामा सहभागी थिए। ‘जात्रामा सहभागिता जनाउँदा गुम्सेर बसेको पीडा केही हल्का हुन्छ,’  जात्रामा सहभागी लक्ष्मीप्रसाद प्रजापतीले भने, ‘दुःख सबैलाई पर्छ भन्ने सन्देश यो जात्राले दिने गरेको छ।’

भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निमिर्त गाई (रथ) नगर परिक्रमा गराइ बिहीबार गाईजात्रा विसर्जन गरिएको छ। ‘भगवानले समेत मर्नुपर्छ भन्ने उदाहरण पनि जात्रामा प्रस्तुत गरिने गरेको छ,’ उनले भने, ‘मृत्युबाट कोही पर छैन भन्ने सन्देश यसले दिएको छ।’ गाईजात्राको दिन ल्याइने झाँक्रीबाट यो वर्ष नगरमा कति जनाको मृत्यु भयो भन्ने जानकारी हुने धौभडेलले सुनाए। विगतमा बालमृत्युदर बढी हुने भएकाले यस्ता संख्या बढी हुने भएको र पछिल्लो दिनमा त्यो घट्दै गएको उनले सुनाए। ‘अहिले सरदर ४ सय जनाको आउने गरेको छ,’ उनले भने, ‘पहिला यो संख्या निकै बढी हुने गरेको थियो।’

संस्कृतिविद् तेजेश्वबाबु ग्वंग गाईजात्रालाई मृत्युगणनाको जात्रा भएको बताउँछन्। उति बेला सहरमा कति मान्छेको निधन भयो भन्ने तथ्यांकका लागि पनि जात्रा चलनमा आएको उनको बुझाई छ। ‘सांस्कृतिक उत्सवसँगै राज्यको काम पनि हुन्थ्यो,’ उनले भने, ‘समाज कति समृद्ध थियो भन्ने उदाहरण यसले पनि देखाउ्रँछ।’ जात्राको अवसरमा घिन्ताङगघिसी र मा“क प्याख“ (बा“दर नाच) गाईजात्राको प्रमुख आकर्Èण रहनेछ। विभिन्न सा“स्कृतिक बाजा खिङ, धिमे, तं, भुक्ष्या बाजाका साथ ताहामच्चासँगै घिन्ताङगघिसी नाच प्रदर्शन गरिन्छ।

पर्यटक आकर्षण बढ्दो
पर्यटन प्रवद्र्धन  र कला संरक्षरणका लागि गाईजात्राको अवसरमा हरेक बर्ष भक्तपुरमा परम्परागत नाँचहरूको प्रतियोगिता हुने भएको छ। भक्तपुर नगरपालिकाले आयोजना गर्ने यस प्रतियोगितमा लोपोन्मुख नाच प्रदर्शन गरिने पर्यटक सूचना केन्द्रका मुराज दिदियाले जानकारी दिए। भक्तपुरको दरबार स्क्वायरमा बिहीबार साँझ घिन्ताङगघिसी (लट्ठी नाँच) सुरु भएपछि गाइजात्रा प्रारम्भ हुने चलन छ। शुक्रबारको गाईजात्रापछि शनिबार खाली हुने र आइतबारबाट प्रतियोगिता आरम्भ हुने दिदियाले  जनाए।

‘टोलटोलबाट नाच टोली आउनेछन्,’ उनले भने, ‘दतात्रय र नासमानामा रहेका निर्णायकले नाचको मूल्यांकन गर्नेछन्।’ कला संरक्षणसँगै पर्यटकको रात्रि बसाइँ लम्बाउने उद्देश्य रहेको उनले सुनाए। जात्रा नियाल्न पर्यटक आउने क्रम बढेको उनले बताए। यस अवसरमा जिल्लामा लोप हुन थालेका थुप्रै नाच यहाँको टोल–टोलमा हेर्न पाइन्छ। जसमा देवी नाच, गाइचा, लुसी, लाखे, कलाली, जंगली, नागाचा, माक, नटुवाचा, खिचा कवान्चु भालु, ख्याक, हनुमानलगायत रहेको उनले सुनाए।

मौलिकता गुमाउँदै
एकातिर हाकुपटासीमा सजिएका नेवारी महिला, अर्कोतिर जिन्स सर्टमा सजिएका युवती। कतै धिमेकोे धुन। कतै ब्याण्डबाजा। नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व गाइजात्राले पछिल्लो समयमा आफ्नो मौलिकता गुमाउँदैछ। ‘वर्षेपिच्छे गाईजात्रा बदलिँदैछ,’ ८६ वर्षीय गणेशहादुर गौहजुले भने, ‘गाइजात्रामा बज्ने बाजामा नेवारी धुन हराउँदैछ।’ ब्याण्डबाजाले धिमेको धुनलाई हटाउँदै गएको उनले बताए। उतिबेला खुट्टामा घुंघरु बाधरे लठ्ठी ठोक्दै जात्रालु अगाडि बढ्दाको आनन्द अहिले हराएको उनको बुझाइ छ।

उस्तै धारणा राख्छन् ९३ वर्षीय हरिनारायण पटामह।  उतिबेलाको जात्रामा महिलाको सहभागिता हुँदैनथ्यो,’ उनले भने, ‘अहिले त महिला पुरुष बराबरी देखिन्छ।’ सुरुसुरुक दिन जात्रालुले आधा सरीरमात्र ढाक्ने गरेकोमा अहिले रंगीविरंगी लुगामा देखिन थालेको उनले बताए। ‘गाईजात्रामा अहिले सबै नयाँ कुरामा रमाउन थालेका छन्,’ उनले भने, ‘पुराना कुरा हराउँदैछ।’

किंवदन्ती
ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले  जनतालाई आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएको उल्लेख छ। यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ।

उपत्यकालगायत मुख्यरूपमा नेवार समुदायको बाक्लो बस्ती रहेका बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरामा पनि यो पर्व मनाइन्छ।

प्रकाशित: ३२ श्रावण २०७६ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App