१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थापाथली र गजुरमुखीको उपाधि भिडन्त

ललितपुर – थापाथली चेस पार्क र गजुरमुखी चेस क्लब इलामले तुल्सीलाल अमात्य स्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधिका लागि शनिबार एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै थापाथली र गजुरमुखीले उपाधि भिडन्त तय गरेका हुन्। थापाथली चेस पार्कले सेमिफाइनलमा लुम्बिनी इभेन्ट म्यानेजमेन्ट रुकुमलाई ४–० ले पराजित गरेको थियो।

थापाथलीका चारै खेलाडीले सफलता प्राप्त गर्दा आशिष फँुयालले मिलन लामालाई, रूपेश जैसवालले विवेक श्रेष्ठलाई, क्षितिज भण्डारीले सुश्रुत दाहाललाई र सुमित पन्तले मिलन रोकालाई हराएका थिए। यता, गजुरमुखीले पनि उपाधि यात्रा तय गर्न गोल्डेनगेटमाथि २.५–१.५ अंकको जित निकालेको थियो।

गजुरमुखीका मनीष हमाल र प्रकाश नेपालले क्रमशः भुपेन्द्र निरौला र मदनकृष्ण कायस्थलाई स्तब्ध पारेका थिए। गोल्डेनगेटका केशव श्रेष्ठले गजुरमुखीका रिजेन्द्र राजभण्डारीलाई हराउँदै पुनरागमन गर्ने प्रयास गरेका थिए।

तर, गोल्डेनगेटका शूरवीर लामा र गजुरमुखीका कृष्ण थापाबीचको बराबरी हुँदा गजुुरमुखीले फाइनलको यात्रा तय गरेको थियो। नेपाल बुद्धिचाल संघ र ललितपुर स्पोटर््स क्लबको संयुक्त आयोजनामा च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित प्रतियोगिताको तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित गोल्डेनगेट र लुम्बिनीले प्रतिस्पर्धा गर्नेछन्।

फाइनल खेल शनिबार हुने प्रतियोगिता संयोजक हेराकाजी महर्जनले बताए। प्रतियोगिताका विजेताले एक लाख ७५ हजार र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। तेस्रोले ६० हजार र चौथौले ४० हजार रुपैयाँ हात पार्नेछ। थापाथली चेस पार्कले लुम्बिनी इभेन्ट म्यानेजमेन्ट रुकुमलाई ४–० र गजुरमुखीले गोल्डेनगेटलाई २.५–१.५ अंकले हराउँदै उपाधि भिडन्त तय गरेका थिए।

 

प्रकाशित: ३२ श्रावण २०७६ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App