१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले सडक पुरिदा यातायात अवरुद्ध

भगिश्वर लिम्बू

तेह्रथुम- बसन्तपुर म्याङलुङ सडक खण्ड अन्तर्गत पिगुवाखोला नजिकै झरेको पहिरोले ५ घण्टा देखि सडक अबरुद्ध भएको छ। अलैची बगानमा लगाएको पानीले पहिरो जाँदा करिब २५ मिटर सडक अबरुद्ध भएको हो।

सडक माथीबाट झरेको पहिरोले जिल्ला सदरमुकाम जोड्ने सडक अबरुद्ध हुदा गन्तब्यमा हिडेका सवारीसाधन सँगै यात्रुहरु बिचबाटैमा अलपत्र परेका छन्। बिहानले  म्याङलुङ म्याङलुङ बसपार्क र जिल्लाका बिभिन्न बजारहरुबाट गन्तब्यमा हिडेका यात्रुहरुबीच बाटैमा रोकिएका छन्।

किसानले आफ्नो अलैची बगान सिचाईका लागी पानी लगाउँदा गएको पहिरोले अबरुद्ध भएको सडक खुलाउने प्रयास भैरहेको ससस्त्र प्रहरी म्याङलुङ गूल्मका डिएसपी प्रदिपसिंह कार्कीले बताए।

उनका अनुसार बाटो अबरुद्ध भए पछि  बिहानै देखि बाटो खुलाउन ससस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । सदरमुकाम प्रवेश गर्ने  मुख्य सडक खण्ड पहिरोले पुरिएर अबरुद्ध हुँदा अहिले यातायात सञ्चालनमा अबरोध भएको छ।

प्रकाशित: २७ कार्तिक २०७३ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App