१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दर्ता नभएका अनलाइन नियमनको लागि छलफल

काठमाडाैँ - डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरुमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको शभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने, ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षहरुका बिषयमा गहन छलफल भएको हो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारको लागि अहिलेको आचारसंहिता सम्बन्धी कानुनले सबै बिषय समेटन नसकेको बताए । उनले धेरै कारवाही भनेको नै प्रेस पास निलम्बन,लाइसेन्स खारेज भएको हुँदा जहाँ जस्ले जे बोलेपनि हुने मानसिकता भएको जिकिर गरे ।

आफ्नो पत्रकारिताको विगत सम्झदै अध्यक्ष श्रेष्ठले अहिले समाजमा पत्रकार भन्न पनि धक मान्नुपर्ने स्थिती देखा परेको बताए। उनले पत्रकारले गरेको गल्तीमा केही कारबाही गरेपनि आन्दोलन गर्ने, प्रेस स्वतन्त्रता हनन् गर्यो भनेर हिड्ने प्रवृति
बढेको प्रतिचिन्ता समेत ब्यक्त गरे।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य गोपाल बुढाथोकीले केही अनलाइनहरूले राख्नै नहुने कुराहरु राख्न थालेको तर त्यसलाई कसरी अनुगमन गर्ने भन्ने पाटो गम्भीर भएको बताए । सरकारले पोर्न साइट बन्द गर्न सक्ने तर गलत तथा भ्रामक सामग्री राख्ने अनलाइनलाई नियन्त्रण गर्न किन नसक्ने  भन्ने आफूलाई लागेको उनले बताए। सदस्य बुढाथोकीले अनलाइनमा आउन थालेका असान्दर्भिक सामग्री समग्र राष्ट्रको समस्या भएको बताए ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले दर्ता नभइकन चलेका अनलाइनहरुलाई के गर्ने न्ने बिषय नै अहिलेको प्रमुख समस्या भएको बताउए ।  उनले विदेशबाट नेपालीहरुले चलाएका अनलाइनमा धेरै नै समस्या हुने गरेको बताए । अधिकृत भुसालले काउन्सिलले नियमित रुपमा सबै प्रकारका सञ्चारमाध्यमहरुको अनुगमन गरिरहेको जानकारी दिए ।

सहन्यायधिवक्त्ता संजीवराज रेग्मीले अनलाइन निर्देशिकाको बिषय जटिल भएको जिकिर गरे । कतिपय विषय हालको कानुनबाट समाधान गर्न सकिने,कतिपय विषय नयाँ कानुनमा समेटनु पर्ने र केही विषय दुइपक्षयि संवादबाट समाधान गर्नुपर्ने बताए ।

प्रहरी नायब महानीरिक्षक निरज बहादुर शाहीले अनलाइन सञ्चारमाध्यममा सम्प्रेषित गलत एवं भ्रामक समाचारले राष्ट्रिय सुरक्षा र ब्यत्तिको जीवनमा समेत असर पुग्न बताउँदै त्यस्ता उजुरीहरू प्रहरी कहाँ समेत आउने गरेको बताए। नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रायले कानुन नेपालबाट सञ्चालन हुने र बाहिरबाट सञ्चालन हुने अनलाइनलाइ एउटै कानुन लागु हुने बताए । उनले पत्रकारले गरेको गल्तिलाई पक्षपोषण नगरी गल्ति हो भन्न सक्नुपर्ने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप–सचिव राजन पौडेलले  मन्त्रालयले कानुनको परीधिमा रहेर गर्न सकिने कारवाही  गर्ने बताए। पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकार महासंघले गलत पत्रकारको पक्षपोषण
नगरेको भन्दै सधै सत्यको पक्षमा रहने बताए। महासचिव विष्टले गलत काम गर्ने पत्रकारलाई सार्वजनिक प्रतिकार गर्नुपर्ने भन्दै काउन्सिल र महासंघ एउटै पक्षमा रहेको बताए ।

प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले न्यूज पोर्टलको रुपमा सञ्चालनगरी नेपालको ऐन,नियम,निर्देशिका एवं विधि बमोजिम विधिवतरुपमा दर्ता ÷सूचिकरण नभएका अनलाइन पोर्टलबाट सम्प्रेषित अतिरञ्जित सामाग्री र कारवाहीको अवस्थाबारे प्रस्तुत गरेका थिए । उनले पत्रकार तथा सञ्चारमाध्यमको काम,कर्तव्य र अधिकार तथा कारवाही र निर्णय प्रकृया,सूचीकरण र वर्गिकरणबारे जानकारी दिए। बोहराले काउन्सिलमा हालसम्म अनलाइन १७४७,रेडियो तथा एफएम ८४० ,टेलिभिजन १५३ तथा नियमित पत्रिका ९१२ भैरहेको जानकारी दिदैं उहाँले जनगुनासो र अनुगमन, उजुरी र कारवाही,खण्डन र सचेत,जानकारी, अनुगमनमा प्रविधिको प्रयोग,आचारसंहिता उल्लंघनका प्रकृति,अनुगमनको तरीकाहरुबारे उदाहरण सहित प्रष्ट पारे ।

सुचना तथा प्रसारण विभागका निर्देशक सुमन बज्राचार्यले  १ महिनाको अवधिमा ८१ वटा अनलाइन विभागमा दर्ता भएको बताए । उनले चाइनामा जम्मा ५ सयवटा मात्रै अनलाइन भएको सन्दर्भमा नेपालमा यतिधेरै अनलाइन हुनु अस्वभावीक भएको भन्दै नियमन गर्नुपर्ने बताए । छलफलबाट समय तोकेर  अनलाइन दर्ता हुन सूचना जारी गर्ने र दर्ता नभएका अनलाइनलाई निश्चित  समयभित्र अनलाइन दर्ता गर्न जानकारी गराउने सहमति भएको छ ।

 

प्रकाशित: ३१ श्रावण २०७६ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App