१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कारबाहीमा तालिबानका कमाण्डर मारिए

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको एक   सैन्य कारबाहीको क्रममा तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाहको मारिएका छन्। शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको छ। 

 तालिबानको कमाण्डर क्युदरातुल्लाह लोगार प्रान्तमा भएको एक कारबाहीको क्रममा मारिएका हुन्। लोगार प्रान्तको प्रान्तीय राजधानी पुल ए अलामको बाहिरी इलाकामा रहेको पादखाव जिल्लामा अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा ती कमाण्डर मारिएका जारी विज्ञप्तिमा जनाइएको छ। 

 प्रायः अशान्त भईरहने लोगार प्रान्तमा क्युद्रातुल्लाह आतङ्ककारी आक्रमणमा सम्लग्न रहँदै आएकाे बताइएको छ। रासस/सिन्ह्वा 

प्रकाशित: ३१ श्रावण २०७६ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App