१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जोइन्ट कमान्डिङ सेन्टर स्थापना गर्न चिनियाँ चासाे

चिनियाँ प्रशासनका स्टेसन मास्टर गाओ हु हाइ र रसुवाका प्रजिअ अर्जुन भण्डारी आपसमा पत्र हस्तान्तरण गर्दै। तस्बिर :नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा स्थापना हुन लागेको जोइन्ट कमान्डिङ सेन्टरको विषयमा चिनियाँ पक्षले चासो देखाएको छ। बुधबार चीनस्थित केरुङमा बसेको दुईपक्षीय ‘काउन्टर पार्ट’ बैठकमा सेन्टर स्थापनाका विषयमा चिनियाँ पक्षले चासो देखाएका हुन्। गत असारमा बसेको बैठकमा सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको थियो।

नाकामा हुन सक्ने मानव बेचबिखन, सुन तस्करी, लागूऔषधको ओसारपसार न्यूनीकरणका लागि सेन्टर स्थापना गर्न लागिएकाले यसको प्रक्रिया अघि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

बैठकलाई सम्बोधन गर्दै प्रजिअ भण्डारीले यसका लागि मन्त्रालयमा विवरण पठाएकाले चाँडै स्थापना हुने बताएका हुन्। सेन्टरले नाकामा देखिएका समस्या समाधान गर्ने, नाकामा हुनसक्ने अवैध गतिविधि नियन्त्रणका लागि सूचना संकलन गर्ने, दुई देशबीच समन्वय गर्ने तथा आ–आफ्नो निकायमा रिपोर्टिङ गर्ने कार्य गर्नेछन्।

यसैबीच, चीनस्थित केरुङ सीमा तथा अध्यागमन प्रशासनले रसुवास्थित प्रहरी निकायको प्रयोजनका लागि उद्धार तथा सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। नाकामा रहेका प्रहरीलाई मजबुत बनाउनका लागि ११ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। बुधबार एक कार्यक्रमबीच चिनियाँ प्रशासनका स्टेसन मास्टर गाओ हु हाइ र रसुवाका प्रजिअ भण्डारीले हस्तान्तरणपत्रमा हस्ताक्षर गरेका थिए।

चीनले पुलिस फ्ल्यासलाइट, टियर ग्यास, सन ग्लास, एन्टी कट ग्लोब, नाइट भिजन क्यामरा, हेलमेट, स्टाब रेजिस्टयान्ट भेस्ट, सिल्ड र सोलार पुलिस अलार्म लाइट ३०/३० वटा र सोलार इमेर्जेन्सी लाइट तथा सिंगल ट्युब टेलिस्कोप पाँच/पाँचवटा दिएको प्रजिअ भण्डारीले बताए।

प्रकाशित: ३१ श्रावण २०७६ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App