१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेकपा सचेतक ढकालको घरमा बम प्रहार

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का प्रमुख सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ। रुपन्देही सैनामैना ७ रामापुरमा मा रहेको ढकालको घरमा शुक्रबार बिहान साढे २ बजेतिर पेट्रोल बम प्रहार भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराइले जानकारी दिए।

बम प्रहारबाट ढकालको घरमा सामान्य क्षति भएको छ भने उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारको पछाडि क्षति भएको डिएसपी भट्टराईले जानकारी दिए। डीएसपी भट्टराईलेले घटनाबारे  थप अनुसन्धान भइरहेको बताए।

विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए। सचेतक ढकाल भने बिरामी भएर काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन्। विप्लव समूहले बम बिस्फोट गराएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App