१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्यमशीलता सम्मेलन सकियो

काठमाडौं – देशको अर्थतन्त्र बलियो बनाउन सरकारले युवा उद्यमशीलतामालगानी बढाउनु पर्ने निकर्षसहितदुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ सम्पन्न भएको छ।

४३ जिल्लाका पाँच सय युवा प्रतिनिधिले उठाएका मागलाई समेटेर ११ बुँदे घोषणा पत्र जारी गरिएको हो। उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निसर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, बिनोधितो लोन र ब्याज अनुदानको झन्झटिलो प्रक्रिया अन्त्य गर्नुपर्ने, सरकारले युवा उद्यमशीलता विकासका लागि सञ्चालन गरेका कार्यक्रम एकद्वार प्रणालीबाट हुनुपर्ने र सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्नेमा सम्मेलनले निष्कर्ष निकालेको छ।

प्रदेश ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आइएमई फाउन्डेसनको सहआयोजना एवं राष्ट्रिय वाणिज्य बैंक मुख्य प्रायोजन रहेको सम्मेलनबाट प्राप्त उपलब्धीबारे समापन सत्रमा बोल्दै सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाको बिजनेस प्लानमाथि सरकार र निजी क्षेत्र लगानी गर्न तयार हुनुले युवामा उत्साह थपेको र आगामी दिनमा नयाँ स्टाटप कम्पनी खोल्न यसले सहयोग पुयाउने बताए।

समापन सत्रमा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले विगतका कमि कमजोरी र गलत प्रवृतिका कारण युवाले विदेश पलायन हुनुपरेको चर्चा गर्दै दुई तिहाइ प्राप्त यो सरकारले व्यवस्थित योजनाका साथ युवाको आइडियामाथि लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले नयाँ युवाको सोचमाथि लगानी बढाउने र सरकारले उद्यम गर्न चाहने युवालाई सहजीकरण गर्नुपर्नेमा जोड दिए। उनले उद्यमी बन्न त्यति सहज नभएको उल्लेख गर्दै ठूलाभन्दा ठूला चुनौती सामना गर्नसक्ने युवामात्र सफल उद्यमी बन्ने धारणा राखे।

सम्मेलनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री युवराज खतिवडा, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, शंकरप्रसाद कोइराला, प्रदेश ३ उद्योग मन्त्री अरुण नेपाल, पूर्व उद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, वरिष्ठ उद्यमी हरिभक्त शर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण केसी, दिलिप अग्रवाल, बैंकर किरणकुमार श्रेष्ठ, अनिलकेशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेतलगायत ४० भन्दा बढी स्पिकरले आफ्नो प्रस्तुति दिएका थिए। सम्मेलनमा उद्यम गर्न चाहने युवालाई लक्षित गरी विशाल फाउन्डेसनले प्रकाशन गरेको युवा उद्यमशीलता पुस्तक विमोचनसमेत गरिएको थियो।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App