१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आयोगको उपाध्यक्षका लागि नाम सिफारिस

काठमाडौं – चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ। समितिले प्रस्तुतीकरण र अन्तर्वार्तापछि आवेदकमध्येबाट तीनजनाको नाम सरकारसमक्ष सिफारिस गरेको हो।

शिक्षा मन्त्रालय स्रोतका अनुसार समितिले आयोगको उपाध्यक्षका लागि डा. सुरेन्द्र शेरचन, डा. शम्भुकुमार पहारी र डा. श्रीकृष्ण गिरीलाई उपाध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो। सिफारिस तीन जनामध्ये एकजनालाई मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा नियुक्ति गर्नेछ।

आगामी मन्त्रिपरिषद्को बैठकबाट आयोगको उपाध्यक्ष नियुक्त गर्नेगरी मन्त्रालयले प्रस्ताव पेस गर्ने तयारी गरेको शिक्षा मन्त्रालय उच्च स्रोतको भनाइ छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २२ मा नेपाल सरकारले दफा २३ बमोजिमको समितिले सिफारिस गरेका व्यक्तिमध्ये एकजना आयोगको उपाध्यक्ष नियुक्ति गर्नेछ भन्ने व्यवस्था रहेको छ। उपाध्यक्षका लागि आफू योग्य भएको दाबी गर्देै ११ जनाले दरखास्त हालेका थिए।

उपाध्यक्षकामा दाबी गर्नेमा डा. पारशकुमार पोखरेल, डा.निलमणि उपाध्याय, डा. तरूण पौडेल, डा. यहुनचन्द्र सिवाकोटी, डा.रमेशप्रसाद सिंह, डा.राजेन्द्रप्रसाद साह, डा. प्रमोदकुमार सर्राफ, डा. जेएन पाण्डेय, डा.सुरेन्द्र शेरचन, डा. शम्भुकुमार पहारी र डा. श्रीकृष्ण गिरीको आवेदन स्वीकृत गरेको थियो। तीमध्ये डा. पाण्डेय र डा. सर्राफको आवेदन भने आयोगले कुनै पनि किसिमको स्वार्थको नबाझिएकोलगायत स्वयं घोषणा गर्नुपर्ने प्रतिबद्धता पेस नगरेको भन्दै रद्द गरिदिएको थियो।

प्रकाशित: ३१ श्रावण २०७६ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App