१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

प्रियंकालाई राष्ट्रसंघको दूतबाट हटाउन माग

मुम्बई – अभिनेत्री प्रियंका चोपडालाई संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन पाकिस्तानी मन्त्रीले आग्रह गरेकी छिन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानको मानवअधिकार मन्त्री शिरीन मझारीले भारतीय सेनालाई समर्थन गर्ने अभिनेत्री चोपडालाई तत्काल संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन युनिसेफलाई आग्रह गरेकी हुन्।

युनिसेफले बदमास मोदी सरकार र भारतीय सेनालाई समर्थन गर्ने अभिनेत्री चोपडालाई तत्काल सद्भावना दूतबाट हटाउनु पर्दछ। अन्यथा यसले त्यस्ता नियुक्तिहरूको उपहास गर्दछ। युनिसेफले मर्यादित पदहरूमा सद्भावना दूत नियुक्त गर्दा होसियार हुनु जरुरी छ,’ मन्त्री मझारीले सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गरेकी छिन्। बलिउड र हलिउडमा काम गरिसकेकी अभिनेत्री चोपडा संयुक्त राष्ट्रसंघकी सद्भावना दूत हुन्।
भारतीय सेनालाई प्रोत्साहन गरेर पुलवामा हमलापश्चात् पाकिस्तानसँग युद्धको आह्वान गरेकोमा अभिनेत्री चोपडालाई पाकिस्तानी समर्थकहरूले गाली गरेका थिए। हालै लस एन्जल्समा आयोजित कार्यक्रममा उपस्थित अभिनेत्री चोपडालाई एक पाकिस्तानी युवतीले संयुक्त राष्ट्रसंघको सद्भावना दूत भएर युद्धलाई किन प्रोत्साहन गरेको भनेर प्रश्न सोधेकी थिइन्।

जवाफमा अभिनेत्री चोपडाले आफूलाई देशभक्त भएको प्रतिक्रिया दिएकी थिइन्। ‘मेरो पाकिस्तानका थुप्रै साथी छन् र म भारतकी हुँ। युद्ध कुनै यस्तो कुरा होइन, जुन साँच्चै नै मलाई मनपर्छ। तर, म देशभक्त हुँ। त्यसकारण मलाई माया गर्नेहरुको भावनालाई आहत पुगेकोमा म खेद व्यक्त गर्छु। तर मलाई लाग्छ कि, हामी सबै एकै किसिमका छौं। हामी सबै हिँड्ने मिल्ने एउटा बीचको बाटो तय गर्नुपर्छ। ठिक त्यस्तै जुन तपाईं पनि गर्नुहुन्छ। हामी सबै प्रेमका लागि यहाँ छौं,’ अभिनेत्री चोपडाले भनेकी थिइन्।

 

प्रकाशित: ३० श्रावण २०७६ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App