१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले भाका सार्ने मात्र काम गर्योः महतो

सिराहा–संघीय समाजवादी फोरम नेपालका सांसद एवं केन्द्रीय सदस्य बीरेन्द्र महतोले सरकारले मधेसमा माग सम्बोधन गर्न आलटाल गरिरहेको बताएका छन्। उनले मधेसमा माग सम्बोधन गर्ने सर्तमा वर्तमान सरकारलाई मधेसी मोर्चाले  समर्थन गरेको उल्लेख गर्दै सरकारले भने मधेसका माग सम्बोधन गर्न आलटाल गरिरहेको गुनासो गरेका हुन्।

शनिबार सिहारामा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतोले वर्तमान सरकार र मधेसी मोर्चाबीच संविधान संशोधन गर्ने बारेमा तीन बुँदे सहमति भएको उल्लेख गर्दै अहिलेसम्म सरकारले संशोधन प्रस्ताव संसदमा दर्ता नगराएको भन्दै आक्रोश व्यक्त गरे। ‘यो सरकारले भाका सार्नेमात्र काम गरेको छ,’ उनले भने,‘ कहिले दशैंअघि भन्छ, कहिले तिहार पछि, त कहिले छठ लगत्तै संशोधन प्रस्ताव दर्ता गर्छु भन्छ, तर काम केही गरेको छैन, सरकारले नाटक मञ्चन मात्रै गरिरहेको छ ।” मधेशी जनताको धैर्यताको बाँध टुटे त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी ठूला भनाउँदा पार्टीहरुले लिनुपर्ने डा। महतोले चेतावनी दिए ।

प्रधानमन्त्री दाहालले कार्तिकभित्रै संशोधन प्रस्ताव संसदमा दर्ता गराउँछु भनेर आँफै कबुल गरेको उल्लेख गर्दै अब पनि झुक्याउने काम भए आफूहरुलाई मान्य नहुने उनको भनाई थियो । उनले भने,“अब हुने आन्दोलन निर्णायक आन्दोलन हुन्छ ।” पार्टी प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत गर्दै सांसद डा। महतोले भने,“आफ्ना अधिकार प्राप्तिको लागि सम्पूर्ण मधेशी जनताहरु एक जुट हुनुपर्छ, विभाजित हुनुभएन, सँगै मिलेर लडियो भने परिवर्तन सम्भव छ, मधेशी जनतालाई राज्यले सँधै अधिकारबाट बञ्चित गर्ने काम गरेको छ ।”

उनले मधेशी जनताको हक, अधिकार सुरक्षित गर्नको लागि पनि आफ्नो पार्टी संघर्षरत रहेको उल्लेख गर्दै आगामी दिनमा सबै नेता तथा कार्यकर्ता एक भएर लागिपरे राज्यसँग अधिकार लिन सकिने विश्वास समेत व्यक्त गरे । काँग्रेस, एमाले र माओवादी केन्द्र परित्याग गरी फोरम नेपालमा प्रवेश गर्ने अधिकांश व्यक्तिहरु स्थानीय तहका प्रभावशाली नेताहरु हुन् । उनीहरु खासगरी गौतारी गाविसका स्थानीय नेताहरु हुन् ।

 

प्रकाशित: २७ कार्तिक २०७३ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App