१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बौद्ध र रूपिज क्वार्टरफाइनलमा

काठमाडौं – आयोजक बौद्ध इन्टरनेसनल स्कुल र रूपिज इन्टरनेसनल स्कुल चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बौद्धले इस्टपोललाई ४३–३० ले पराजित ग¥यो । बौद्धको जितमा अर्जुन क्षेत्री र दाबा शेर्पाले समान १३ अंक योगदान गरे । आदित्य गुरुङको १३ अंक सहयोगमा रुपिजले बुद्ध एकेडेमीलाई ७७–७१ ले हरायो । अर्बिटले छहारीलाई ३०–१७ ले पाखा लगायो ।

सिनियर गल्र्समा अक्षराले कान्जिरोवालाई २०–९ तथा ड्याफोडिलले बुद्ध एकेडेमीलाई १६–९ ले पन्छाए । अक्षराकी प्रतिष्ठा कट्वालले ९ तथा ड्याफोडिलकी आङडिक्की शेर्पाले ५ स्कोर गरे ।
 

प्रकाशित: ३० श्रावण २०७६ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App