युरोपेली आकाशमा छिट्टै नेपाली विमानले उडान भर्छः भट्टराई

बुधबार, २९ साउन २०७६, २२ : ०१ नागरिक

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरेका छन्। चेम्बर अफ कमर्शले बुधबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मत्री भट्टराईले अन्तराष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड पालना गर्नुको साथै उड्यन अडिटमा नेपालको अवस्था निकै राम्रो रहेकाले अब उडानमा रोक लगाईरहनुपर्ने आवश्यकता नरहेको बताएका हुन्।

उडानमा लगाईएको रोक फुकुवा गराउने सम्बन्धमा आफुले छलफल र वार्ता गरिरहेको भन्दै उनले छिट्टै युरोपेली मुलुकको आकाशमा नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरे। उनले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको उडान सुरक्षा मापदण्ड विश्वमा सरदर ६० प्रतिशत रहेकोमा नेपालको ६६ दशमलब ५ प्रतिशत रहेकाले अब उडानमा रोक लगाउनुपर्ने कुनै औचित्य नरहेको बताए।

ईयुले सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोक लगाउदै आएको छ। मन्त्री भट्टराईले हालै मात्रै हिमालयन एयरलाईन्सलाई चाईनाका थप गन्तव्यका लागि र श्री एयरलार्ई दिल्ली, कोलकोत्ता, अहमदावाद र  ढाका उडानका लागि अनुमति दिएको जानकारी दिदै सरकार सधै नीजी क्षेत्रलाई प्रोत्साहित गर्दै नीतिगत अप्ठ्याराहरु खोल्न तयार रहेको बताए। उनले आन्तरिक उडानमा विदेशीले तिर्नुपर्ने शुल्कका बारेमा मन्त्रालयले छिटै सरोकारवालासंग छलफल गर्ने तयारी गरेको जानकारी पनि दिए।

मन्त्री भट्टराईले नेपाल आउने पर्यटकको साथै सबै यात्रुको सम्मान होस् भन्नका लागि सबैमा सकारात्मक सोचको विकास गराउने उद्देश्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिने सबै क्षेत्र र तहका कर्मचारीलाई तालिम दिने तयारी मन्त्रालले गरेको बताए।

कार्यक्रममा चेम्बर अफ कमर्श का अध्यक्ष राजेश काजी श्रेष्ठले ट्राफिकका कारण जहाजलाई धेरै समय आकाशमा होल्ड गराउने र लगेज लिन समय लाग्ने समस्याको सम्बोधन गर्न मन्त्रीको ध्यानाकर्षण गराए। त्यसैगरी विमानस्थल भित्र रहेको ड्युटी फ्रिलाई प्रभावकारी बनाउन पनि आग्रह गरे।

चेम्बरले पर्यटन बर्ष नजिकिदै गर्दा पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भुमिका विषयमा अन्तरक्रिया गरेको हो।  







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad