१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

माल्दिभ्समा अरुणालाई ट्रफी

काठमाडौं- राष्ट्रिय भलिबल टोलीकी स्पाइकर अरुणा शाहीले माल्दिभ्समा क्विन अफ दी म्याचको ट्रफी जितेकी छन्। माल्दिभ्समा जारी महिला भलिबल लिग च्याम्पियनसिपमा बिहीबार राति सम्पन्न खेलमा अरुणाको टोली फैसदाले क्लब पोल स्टारलाई २२–२५, २५–१७, २५–२०, २५–२३ ले पराजित गरेको थियो। उनी जारी प्रतियोगितामा क्विन अफ दी म्याच पाउने दोस्रो नेपाली खेलाडी हुन्। यसअघि प्रतिभा मालीले दुईपटक क्विन अफ दी म्याचको अवार्ड जितिसकेकी छन्।

माल्दिभ्स लिग च्याम्पियनसिपमा ५ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा नेपालका चार खेलाडी दुई क्लबबाट खेलिरहेका छन्।

फैसदा क्लबबाट राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र अरुणाले खेलिरहेका छन्। फैसदा अघिल्लो खेलमा माल्दिभियन रोयल क्लबसँग पराजित भएको थियो।

क्विन अफ दी म्याच अरुणा १२ औं दक्षिण एसियाली खेलकुदमा कांस्य जित्दा र काठमाडांैमा दुई वर्षअघि सम्पन्न प्रथम आमन्त्रित दक्षिण एसियाली महिला भलिबलमा रजत जित्दा नेपाली टोलीमा थिइन्। उनी राष्ट्रिय टोलीबाट साइड स्पाइकरको पोजिसनमा हुन्छिन्।

यसैगरी राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेतीको टोली मिस्किमागु इमेन जी ग्लुहुन क्लब तेस्रो खेलमा पराजित भएको छ। लगातार दुई खेल जितेको मिस्किमागु बिहीबार अबेर माल्दिभ्स पुलिस क्लबसँग २५–१४, २५–१७, २०–२५, २५–१९ ले पराजित भयो। माल्दिभ्स पुलिसबाट दुई अमेरिकी खेलाडीले खेलिरहेको नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीले जानकारी गराइन्।

अब फैसदाले पुलिससँग खेल्नेछ। मिस्किमागुले अन्तिम खेल फैसदासँग छ।

प्रकाशित: २७ कार्तिक २०७३ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App