१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा सचिवालय बैठक फेरि स्थगित, पूर्वएमालेभित्रै विवाद

काठमाडौं - स्कूल विभागमा दुई अध्यक्षबीच कुराकानी नमिल्दा आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिषट पार्टी(नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ।  दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार दिउँसो छलफल भए पनि कुरा नमिलेपछि बुधबारको बैठक बिहीबारसम्मका लागि सारिएको वालुवाटार निकट स्रोतले जनाएको  छ।

स्रोतका अनुसार छलफलका क्रममा स्कूल विभागमा पूर्व माओवादीहरु लचिलो भएपनि पूर्वएमालेकै बीचमा विवाद उत्पन्न भएको छ। वालुवाटार निकट स्रोतले भन्याे, 'पूर्वमाअाेवादी स्कुल विभागका विषयमा छलफल गर्न लचिलाे छ। तर यस विषयमा पूर्व एमालेमा एकमत देखिएन। अझै थप छलफल गर्न पर्ने देखिएकाेले अाज बैठक बस्न सकेन। अध्यक्षद्वयबीच थप छलफल हुनेछ।'  यसअघि मंगलबार पनि बैठक स्थगित भएको थियो। सोमबार प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि सोमबारै दुई अध्यक्षबीच परामर्श भएको थियो।

प्रकाशित: २९ श्रावण २०७६ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App