२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अभिभावकलाई फिल्म बुझाउँदै

काठमाडौं  – अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई फिल्म बुझाउने भएको छ।  आगामी शनिबार कलेजले आयोजना गर्ने ओपन हाउस इभेन्टमा विद्यार्थीका अभिभावकलाई फिल्म निर्माणका विभिन्न विधाबारे बुझाउने भएको हो। 

गत वर्षदेखि सुरू भएको ओपन हाउस इभेन्टमा कलेजले फिल्म मेकिङसम्बन्धी विभिन्न विधाको जानकारी गराउँदै आएको छ।  इभेन्टमा फिल्म निर्माणको भिएफएक्स प्रविधिबारे विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई जानकारी गराउने भएको छ। 

कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तका अनुसार इभेन्टमा फिल्म निर्माण प्रक्रियाको जानकारी गराउने बताए।  नेपालमा हाल प्रयोगमा रहेको सुपर सिक्स्टिनदेखि रेड हुँदै ड्रोन क्यामरासमेत इभेन्टमा प्रदर्शनका लागि राख्नेछ। 

इभेन्टमा सहभागीलाई प्रत्यक्ष एक्टिङको अनुभव गराइनेछ।  कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन अभिनय गरेर देखाउनेछन्।  त्यसको आधारमा विद्यार्थीले सर्ट फिल्म बनाएर प्रदर्शन गरिनेछ।  
 

प्रकाशित: २९ श्रावण २०७६ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App