नगर अधिकृतको गाडीले एक भारतीयको मृत्यु

मङ्गलबार, २८ साउन २०७६, १९ : ४८ मदन ठाकुर

रौतहट– एक नगर अधिकृतको गाडीले ठक्कर दिएपछि एक भारतीय नागरिकको मृत्यु भएको छ। रौतहटको बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करले मंगलबार एक भारतीयको मृत्यु भएको हो।

सदरमुकाम गौरबाट बौधीमाई नपातर्फ जाने क्रममा राजपुर नपा–२ स्थित डाइभर्सनमा विआर ३२ पिए १५४१ नम्वरको भारतीय स्कारपिओ जिप ब्याक गर्ने क्रममा ठक्कर लाग्दा भारत विहार सितामढी जिल्लाको पिपराढीका ६० वर्षिय विन्देश्वर दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

ठक्कर दिने जीप र चालक गौर नपा ४ का राकेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ। मृतकको शवलाई जिल्ला अस्पताल गौरमा पोस्टमार्टमका लागि लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि भुपेन्द्रबहादुर खत्रीले जानकारी गराएका छन्।

बौधीमाई नगरपालिकाले सवारी साधन खरिद नगरिकन प्रमुख प्रशासकीय अधिकृतलाई चढ्नका लागि भारतीय नम्वरको जिप भाडामा सुविधा उपलब्ध गराएको बुझिएको छ। मंगलबार बिहान कार्यालय जाने समयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद चन्द्रवंशी चढ्ने भारतीय जीप जाममा परेपछि मोटरसाइकलले कार्यालय पुगेका थिए। जामबाट नै गाडी ब्याक गर्ने क्रममा दासलाई ठक्कर लागेको थियो। मृतक दासको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 








यसमा तपाईको मत

अन्य समाचार

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

सानिमा बैंकको साधारणसभा सम्पन्न

सानिमा बैंकको साधारणसभा सम्पन्न

सानिमा बैंकले १५औं वार्षिक साधारणसभा समपन्न गरेको छ । ...

काठमाडौं फर्कने जहाजमा टिकट पाउनै गाह्रो

काठमाडौं फर्कने जहाजमा टिकट पाउनै गाह्रो

दसैं मनाउन गाउँ फर्किएकाहरु काठमाडौं फर्कने क्रम बढ्दै गएको छ । अहिले विभिन्न जिल्लाका बसपार्कमा यात्रुको भीड देखिन्छ । ...

सुजुकीद्वारा एस–प्रसोको बुकिङ खुला

सुजुकीद्वारा एस–प्रसोको बुकिङ खुला

नेपालका लागि सुजुकी गाडीको अधिकृत वितरक सिजी मोटोकर्पले सुजुकी एस–प्रसोको बुकिङ खुला गरेको छ । ...

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad