१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘भिजिट नेपाल २०२०’ केन्द्रीत पठाओको सेवा, भाडादरको बचाउ

काठमाडौं– पठाओ नेपालले पर्यटन भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सेवा विस्तार गरेको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले भिजिट नेपाल २०२० लाई केन्द्रीत गर्दै ट्याक्सीको सेवालाई पनि जोडेर लगेको जानकारी दिएको छ। विदेशी पाहुनाको लागि आफूहरुले सुरु गरेको प्रविधियुक्त सेवा सहयोगी हुने पठाओको विश्वास छ। भ्रमण वर्षअन्तर्गत यातायात क्षेत्रमा पठाओ पर्यटकको सारथी बन्ने पनि बताइएको छ।

यद्यपि पठाओले आफुहरुले ट्याक्सी संचालन नगरेको भन्दै आम उपभोक्ता भ्रममा नपर्न आग्रह गरेको छ। पठाओ नेपालले आफुहरुले ट्याक्सी संचालन नगरेको तर भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसन मार्फत जोडेको स्पष्ट गरेको हो। पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले विभिन्न मिडियामा पठाओ नेपालले चार पांग्रे नीजी सवारी साधन मार्फत सेवा सुरु गर्न लागेको भन्ने अफवाह पछि नलाग्न आग्रह गरे।

पठाओको कार लाइट सेवाले ग्राहकसँग बढी पैसा लिएको भन्दै लागेको आरोपको खण्डन गरेको छ। कार लाइट सेवा अन्तर्गत बुकिंग चार्ज भन्दै १०० रुपैया ग्राहकलाई लिन गएको, ग्राहकको चाहना अनुसार प्रतीक्षा गरेको, इन्टरनेट र ट्राफिक जाम लगायतको खर्चलाई एक मुष्ट जोडेर १०० रुपैया लिएको स्पष्ट पारेको छ।

प्रकाशित: २८ श्रावण २०७६ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App