१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किर्गिजस्तानका पूर्वराष्ट्रपति सत्ताविद्रोहको आरोपमा पक्राउ

किर्गिजस्तान– किर्गिजस्तानका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा पक्राउ गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ।

पूर्व राष्ट्रपति अटामबायेभलाई गत साता प्रहरीले पक्राउ गरेको थियो। अटामबायेभ सन् २०११ देखि २०१७ सम्म किर्गिजस्तानको राष्ट्रपति थिए।

अटामयेभलाई पक्राउ गर्नु अघिल्लो दिन उनका समर्थक र प्रहरीबीच भिडन्त भएको थियो। राष्ट्रिय सुरक्षा सेवाका प्रमुख ओरोजबेक ओपुमबायेभले पत्रकार सम्मेलन गर्दै पूर्व राष्ट्रपति अटामयेभले मुलुकमा रक्तपात चाहेको आरोप लगाए। सुरक्षा प्रमुख ओपुमबायेभले भने – पूर्व राष्ट्रपतिको एकमात्र चाहना सत्ताविद्रोह देखिएको छ।

पूर्व राष्ट्रपति अटामबायेभमाथि हत्याको आरोपका विषयमा पनि अनुसन्धान थालिएको सुरक्षा सेवाले जनाएको छ। राजधानी विश्केकमा भएको प्रदर्शनमा पूर्व राष्ट्रपतिका समर्थकहरु हतियार सहित प्रदर्शनमा उत्रिएको र त्यसक्रममा एक सुरक्षाकर्मीको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएका थिए।

सुरक्षा सेवाका वकील जमिर बेइसेकिभले सरकारी अधिकारीहरुको नियोजित हत्या र हिंसा भड्काउन पूर्व राष्ट्रपतिको भूमिकाका बारेमा पनि अनुसन्धान भइरहेको बताए।

दुई दशकभित्रै किर्गिजस्तानमा दुई पटक क्रान्ति भइसकेको छ। पूर्व राष्ट्रपति अटामबायेभ र राष्ट्रपति सूरोनबाई जीनबेकोभबीच तिक्ततापूर्ण सम्बन्ध रहेको छ।

अटामबायेभको गिरफ्तारीका बारेमा प्रहरीले दुई पटक सूचना पठाए पनि उनले आत्मसमर्पण गरेका थिए। उनीमाथि आफ्नो राष्ट्रपतीय शासनकालमा चेचेन कुख्यात व्यक्ति अजिज बाटुकायेभलाई सन् २०१३ मा मुक्त गरेको विषयमा पनि सरकारले छानबिन थालेको छ। एएफपी

प्रकाशित: २८ श्रावण २०७६ ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App