१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धुम्बराहीमा होटल अकामा

काठमाडौं – काठमाडौंको धुम्बाराहीमा दुई अर्ब नौ करोड रुपैयाँको लगानीमा होटल अकामा सञ्चालनमा आएको छ। एक सय आठ कोठा तथा दुई सय १६ बेड सहित सञ्चालनमा आएको उक्त होटल सानिमा ग्रुपको लगानीमा निमार्ण सम्पन्न भएको हो।

होटलमा ९० डलर देखी ६ सय डलरसम्मको कोठाहरु उपलब्ध रहेका छन। व्यायमशाला, स्विमिङ पुल, रेष्टुरेन्ट, बार, कफि क्याफे, पार्टी,विवाह समारोह तथा बैठकका लागि पाँच सय जनासम्म अट्न सक्ने सभाहल सहित  पार्किङको सुविधा उपलब्ध रहेकोे छ।

होटलको नवौं तलामा रहेको चाओ बेला चाइनिज–इटालिएन रेष्टुरेन्टमा मनोरम दृश्यको अवलोकनसंगै अन्तराष्ट्रिय स्तरको खानाको स्वाद साथै उक्त स्थानमा प्रतिक्षालय, कफि सप, पुल बार तथा रेष्टुरेन्टको सुविधा छ। होटलले प्रतिष्ठित साइबेक्सका उपकरण सहितको जिम क्लब पनि सञ्चालनमा ल्यायको जनाएको छ।

अवको एक महिना भित्रमा पूर्ण सञ्चालनमा आउने तयारीमा रहेको उक्त होटलमा स्थानीय नेवारी र हिमाली संस्कृतिको स्वाद लिन सकिने जनाइएको छ। साथै ओपनिङ अफरको रुपमा होटलको रेष्टुँरामा २० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको जनाइएको छ।

विश्वस्तरीय आधुनिक सेवालाई नेपाली मौलिकतामा ढाल्ने प्रयास सहित विश्वस्तरीय सेवा सुविधामा सहित विश्व सम्पदा सूचिमा सुचिकृत पशुपतिनाथ, बौद्व लगायत पर्यटकीय गन्तव्यबाट नजिकै रहेको तथा विमानस्थलबाट छोटो दुरीमा रहेकाले पर्यटकले बढी भन्दा बढी फाइदा लिन सक्ने होटेलको अपेक्षा रहेको छ।

सरकारले नेपाल भ्रमण बर्ष २०२० मा नेपालमा पर्यटकको संख्यामा बृद्वि गराउन विभिन्न पहल गरिरहेका बेला पर्यटकलाई विभिन्न सेवा सुविधामा टेवा पु-याउन सफल हुने होटेलले जनाएको छ। होटेल सञ्चालनमा आएसंगै करिव एक सय ४० जनाले प्रत्यक्ष रोजगारी पाउने जनाइएको छ। होटलले बुकिङ समेत खुला गरिसकेको जनाउँदै आफ्नो वेभ साइटबाट वृस्तित जानकारी लिन सकिने जनाएको छ।

प्रकाशित: २८ श्रावण २०७६ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App