तीन सय दिनमा गर्न नसकिने काम १ सय दिनमा गरेँ: प्रधानमन्त्री

शुक्रबार, २६ कार्तिक २०७३, १७ : ४३ नागरिक

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सय दिनमा गर्न नसकिने काम आफुले १ सय दिनमा गरेको दावी गरेका छन्। सरकार गठनको १ सय दिन पुरा भएको अवसरमा सरकारका उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा छिमेकी देशसँगको सम्वन्धमा सुधार आएको बताए।

उनले उच्च अदालत गठन र उच्च सरकारी वकिल कार्यालय गठन गरिएको बताए। भाषा आयोग गठन गर्नु सरकारको उपलब्धी भएको प्रधानमन्त्रीले बताए।  संविधान कार्यान्वयनको लागि विभिन्न कानुन निर्माण गर्न विधेय पेश गरेको उनले बताए। संसदबाट १४ वटा विधेयक पारित भएको र ३९ वटा विधेयक विचाराधिन रहेको दाहालले बताए।  

स्थानीय र संघीय निर्वाचन समयमै सम्पन्न गरि संविधान कार्यान्वयन गर्न सरकारले सबै तयारी गरेको प्रधानमन्त्रीले बताए। स्थानीय तहको पुनसंरचना गर्ने काम अन्तिम चरणमा रहेको उनले बताए।

उनले यो अवधिमा आर्थिक क्षेत्र पनि सकारात्मक भएको बताए। आर्थिक परिसुचक सकारात्मक भएको उनको भनाई छ।

सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारीसँग कुरा गर्दै समयमा नै काम सम्पन्न आग्रह गरेको बताए।  

तराई मधेस आन्दोलनमा मृतक सुरक्षाकर्मीलाई सहिद घोषणा गरिएको र जनयुद्धमा वेपत्ता तथा मृतकका परिवारलाई आर्थिक सहायता कार्यक्रम घोषाणा गरिएको बताए।

भूकम्प पछिको पुननिर्माणमा ३५ सय जनशक्ति परिचालन गरिएको, भूकम्प प्रतिरोधि घर निर्माण गर्न १९ सयलाई डकर्मी तालिम दिइएको उनले बताए। भूकम्प पीडितलाई दुई लाख रकमबाट वृद्धि गरि ३ लाख पुर्याइएको सरकारका उपलब्धिमा उल्लेख छ। धरहराको निर्माण तत्काल प्रारम्भ हुने उनले बताए।

सरकार गठन भएपछि ११ सय ५१ पटक बजार अनुगमन गरिएको प्रधानमन्त्रीले बताए।  हेलो सरकारमा एप्सबाट सुझाव पठाउन सकिने व्यस्था सरकारले गरेको बताए। यस्तै हाम्रो सुदुरपश्चिम मोवाइ एप्स निर्माण गरिदै गरेको र हत्केलामा नीजामति सेवा नामक एप्स बनाइएकोलाई उपलब्धिमा समेटिएको छ।

नयाँ बर्षमा मेलम्चीको पानी काठमाडौंमा आउने गरि काम गर्ने निर्देशन दिएको र विकास निर्माणका काम तोकिएको समयमा गर्न निर्देशन दिएको बताउँदै उनले ति काममा आर्थिक अभाव हुन नदिने बताए।

दुर्गम क्षेत्रबाट सञ्चालित मिडियालाई सहुलियत दिने र पत्रकारको सुरक्षाको विषयलाई समेटेर नीति ल्याउन लागेको दाहालले बताए।

 





यसमा तपाईको मत

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad