१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ढुंगागिट्टी उत्खनन गर्ने नियन्त्रणमा

खोटाङ– रातको समयमा खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासबाट ढुंगागिट्टी निकालिरहेको अवस्थामा डोजरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जथाभाबी ढुंगागिट्टी निकाल्दा मझुवागढीलाई नै असर पुग्ने खतरा देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उत्खननमा रोक लगाएको थियो।

तर, पनि रातको समयमा ढुंगागिट्टी उत्खनन नरोकिएपछि नियन्त्रणमा लिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर दीपनारायण रिजालले बताए। मझुवागढीमुनि रहेको दिक्तेल–खानीडाँडा सडक खण्डमाथिबाट जथाभाबी ढुंगागिट्टी उत्खनन गरिरहेको जानकारी प्राप्त भएपछि प्रहरी र नगरपालिकाको टोलीले निर्माण व्यवसायी कृष्ण घिमिरे, डोजर चालक र डोजर नियन्त्रणमा लिएको हो।

उनीहरूलाई आगामी दिनमा कमजोरी नदोहो-याउने शर्तमा छाडिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: २७ श्रावण २०७६ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App