१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छात्रवृत्तिका विद्यार्थी पढाउन आलटाल

धनुषा- जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक गरेको छात्रवृतिका विद्यार्थी पढाउन नगरका नीजि क्यामप्सहरुले आलटाल गरेका छन्। नगरका विभिन्न क्याम्पसमा माध्यमिक तह पढनको लागि पालिकाले पूर्ण छात्रवृत्तिको परीक्षा लिई सार्वजनिक गरेको नतिजा अनुसार छात्रवृतिको विद्यार्थी पढाउन क्यामप्सले आलटाल गरेको हो। पूर्ण छात्रवृत्ति परीक्षामा नाम निकालेका विद्यार्थीहरुको नीजि क्यामप्सहरुले भर्ना नलिँदा उनीहरुको अलपत्रमा परेका छन।

पूर्ण छात्रवृत्तिको लागि नगरपालिकामा ३ सय ७४ विद्यार्थीले आवेदन दिएकोमा विज्ञान तर्फ २ सय ११ जना र शिक्षा, कानुन र व्यवस्थापनतर्फ ८७ जना विद्यार्थी पास भएका छन। उपमहानगरपालिकाले १०० अंकको परीक्षा लिएकोमा न्युनतम ४० अंक ल्याउने  विद्यार्थी पास भएका छन। तर पूर्णछात्रवृत्तिको परीक्षामा १४ औं स्थानमा पास भएका धनुषाको धनौजी गाउँपालिका–१ पंकज साहले जनकपुरधामको मिट क्याम्पसमा भर्ना हुने भनि इच्छा व्यक्त गरे वमोजिम नगरपालिकाले सिफारिस गरेको छ। उपमहानगरपालिकाले सिफारिस गरेपनि क्याम्पसले विज्ञान विषयको लागि वार्षिक ३८ हजार रकम मध्ये ३ हजार मात्रै छुट दिएर ३५ हजार रुपैयाँ लिने भन्दै विद्यार्थीहरुलाई फर्काउने गरेको उनले बताए। पंकज साहका वुवा जयनाथ साह शुक्रवार जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखामा गुनासो गरेका छन्। ‘यो पूर्ण छात्रवृत्तिको परीक्षामा १४ औं स्थान ल्याएर पास भएपछि क्याम्पसले छुट दिनै चाहेको छैन,’ जयनाथले भने,  बिना कामको नगरपालिकाले परीक्षा लिएको छ।’

जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा अधिकारी मेहिलाल यादवका अनुसार प्रत्येक क्याम्पसले भर्ना भएको विद्यार्थीको जम्मा संख्यामा शिक्षा कार्यविधी २०७४ अनुसार  १०प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा पढाउनुपर्ने हुन्छ। ‘हामीले लिएको परीक्षामा पास भएका विद्यार्थीहरुलाई जनकपुरको विभिन्न क्याम्पसमा पूर्ण छात्रवृत्ति कोटामा भर्ना गर्न पठाएका छौं,’उनले भने, ‘नगर भरीको क्यामप्सले भर्ना लिनै पर्छ।’

यता, जनकपुरधामका मिट क्याम्पसका प्राचार्य मनोज साहले भर्ना र महिना शुल्कमा छुट दिने जिकिर गरे। ‘हामी कहाँ अहिले ४ सय विद्यार्थी कक्षा ११ मा भर्ना भएका छन्,’ उनले भने, ‘हामीले ३ प्रतिशत मात्रै विद्यार्थी भर्ना गर्छौं।’ शिक्षा कार्यविधि बारे आँफुलाई जानकारी नभएको भन्दै १० प्रतिशतबारे जानकारी लिएर त्यसै अनुरुप भर्ना लिने बताए।

‘यहाँ धेरै विद्यार्थी आउने गरेको छ, कतिलाई छात्रवृत्तिमा पढाउन सकिन्छ। अवस्था हेरेर कुरा हुन्छ,’ उनले भने,‘पालिकाबाट राजनितिक सोर्स फोर्समा पास भएर आएकाले आउने विद्यार्थीलाई क्याम्पसमा पनि जाँच दिन भन्दा विद्यार्थीहरुले बलजवरजस्ती गर्न खोजेको छ।’ पालिकाले साउन २२ गते २० जना र साउन २४ गते विज्ञानको लाग २१ जना र व्यवस्थापनतर्फ २३ र ४४ जनाको थप नाम पठाएको छ,’ उनले भने,‘हामीले केही रकम विद्यार्थीबाट लिएर आएका ६४ विद्यार्थीकै नामाङकन गरि दिने सोचमा छौं।’ कोटा अनुसार ३ प्रतिशतले १२ जना र  १० प्रतिशत भए ४० जना विद्यार्थीलाई मात्रै भर्ना लिने उनले बताए।

प्रकाशित: २७ श्रावण २०७६ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App