१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इरिक्सनद्वारा टोेटेनह्यामको उद्धार

लन्डन – स्ट्राइकर ह्यारी केनले घरेलु मैदान पुनर्निर्माणपछि पहिलो गोल गरेको दिन शनिबार टोटेनह्यामले उत्कृष्ट पुनरागमन गर्दै नवप्रवेशी एस्टन भिल्लालाई ३–१ ले हराएको छ। यद्यपि केनले भने दोस्रो हाफमा क्रिस्टियन इरिक्सनको प्रभावशाली प्रदर्शनमा हारबाट इङ्लिस प्रिमियर लिगको सुरुआत गर्ने संघारबाट उद्धार भएको भन्दै उनको प्रशंसा गरेका छन्।

खेलको नवौं मिनेटमा जोन म्यागिनको गोलमा एस्टन भिल्लाले अग्रता लिएको थियो। पहिलो रोजाइमा स्थान बनाउन सफल नभएका इरिक्सनलाई प्रशिक्षक माउरिसियो पोचेटिनोले २५औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गराएसँगै टोटेनह्यामले खेलमा पकड जमाएको थियो। यद्यपि टोलीलाई खेलमा फर्कन भने ७३ मिनेटसम्म कुर्नुपरेको थियो।

टोटेनह्याममा इरिक्सनको एक वर्षको सम्झौता बाँकी भए पनि युरोपका अन्य लिगमा सेप्टेम्बर २ सम्म सरुवा बजार खुला रहने भएकाले उनको आगमी गन्तब्य स्पष्ट भइसकेको छेन। तर उनले मैदान प्रवेश गर्दै स्वाभाविक प्रदर्शन गरेपछि टोटेनह्याम खेलमा हाबी भएको थियो।

‘हामीलाई उनको क्षमता र टोलीमा उनको महŒवका बारेमा थाहा छ,’ केनले भने, ‘उनले स्वाभाविक प्रदर्शन गरे। जसको प्रभाव टोलीको सुखद नतिजामा देखियो।’
७३औं मिनेटमा तानगाई एन्डोम्बेलेले बललाई जाली चुमाउँदै टोटेनह्यामलाई खेलमा फर्काउँदा उनले पास उपलब्ध गराएका थिए। ‘क्रिस्टियन इरिक्सनको प्रभावशाली प्रदर्शनमा हामी उत्कृष्ट पुनरागमनमा विजयी सुरुआत गर्न सफल भयौं,’ टोटेनह्यामका प्रशिक्षक पोचेटिनोले भने, ‘खेलको सुरुआतमै हामी अलमलियोंै र उनलाई पहिलो रोजाइमा नराख्नु मेरो कमजोरी रह्यो। दोस्रो हाफमा हामीले क्रमिक रुपमा आफ्नो गल्ती सुधार्दै लग्यांै। अन्ततः नतिजा हाम्रो पक्षमा आयो।’

खेलको अन्तिम ४ मिनेटमा केनले दुई गोल गरेपछि गत सिजन तेस्रो स्थानमा रहेको टोटेनह्याम अन्नतः ३–१ को नतिजा ल्याउन सफल भएको हो। खेल सकिन ४ मिनेट बाँकी हुँदा टोटेनह्यामलाई २–१ को अग्रता दिलाएका केनले त्यसको ४ मिनेटपछि व्यक्तिगत दोस्रो गोल पूरा गरेका थिए।
च्याम्पियनसिपमा झरेको तीन सिजनपछि एस्टा भिल्ला पुनः प्रिमियर लिगको हैसियतमा फर्किएको हो।

‘हामीले पहिलो हाफमा निकै चुनौती दियांै र गोलसमेत ग¥यांै,’ भिल्लाका प्रशिक्षक डेन स्मिथले भने, ‘तर शीर्ष टोली टोटेनह्यामविरुद्ध हामीले अन्तिम १५ मिनेट सम्हालिएको प्रदर्शन गर्न नसक्दा नतिजा हाम्रो हातबाट गयो।’ प्रिमियर लिगअन्तर्गत शनिबार भएका अन्य खेलमा ब्राइटनले वाट््फोर्डलाई ३–० ले हराउँदा बर्नलीले साउथह्याम्पटनलाई ३–० ले पराजित ग¥यो। यता एभर्टन र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दा सेफिल्ड युनाइटेड र बर्नमाउथले १–१ को बराबरी खेले। खेलको अन्तिम ४ मिनेटमा केनले दुई गोल गरेपछि गत सिजन तेस्रो स्थानमा रहेको टोटेनह्याम अन्नतः ३–१ को नतिजा ल्याउन सफल भएको हो।

 

प्रकाशित: २७ श्रावण २०७६ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App