१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नौ शव आफन्तलाई जिम्मा, एकको सनाखत बाँकी

बस दुर्घटनापछि त्रिशूली नदीमा बगाएका यात्रुहरूको उद्धार गरिँदै। तस्बिर: सरिता/नागरिक

धादिङ - धादिङमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूमध्ये नौजनाको शव सनाखतपछि आफन्तलाई बुझाइएको छ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा शुक्रबार भएको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।  मृतक एकजनाको भने सनाखत हुन बाँकी छ।  भारतको सीतामढीका ३० वर्षीय अजय ठाकुर, भारतको बिहारका २५ वर्षीय विजयकुमार यादव र सर्लाहीको मलंगवा नगरपालिका–७ का ५५ वर्षीय जगरनाथ राय यादवको शव घटनास्थलमै भेटिएको थियो।

सर्लाहीको हरिवन नगरपालिकाका ४६ वर्षीय विनोदप्रसाद उप्रेतीको शव गोरखाको गण्डकी गाउँपालिका–७ अमटेस्थित त्रिशूली नदीमा भेटिएको हो।  सर्लाहीकै मलंगवा नगरपालिका–१ का ४५ वर्षीय सुनिलकुमार श्रीवास्तवको शव चितवनको जुगेडीमा पाइएको हो।  उनकी पत्नी ४० वर्षीय निमा श्रीवास्वतको शव भने चितवनको कालीखोलामा फेला परेको प्रहरीले जानकारी दिए।  त्यस्तै महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरका २५ वर्षीय सरिताकुमारी महतो र उनका छोरा ६ वर्षीय आशिषकुमार शाहको शव तनहँुको देवघाट गाउँपालिका–५ भुवनस्थित त्रिशूली नदीकिनारमा फेला परेको हो। 

सर्लाहीको ब्रह्मपुरी नगरपालिका–४ का ४५ वर्षीय शोभा रौनियारको शव नवलपरासीको पूर्व देवचुली नगरपालिका–१ केउरेनीस्थित नारायणी नदीकिनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।  आइतबार दिउँसो चितवनस्थित नारायणी नदीमा भेटिएको शवको भने सनाखत हुन बाँकी रहेको प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले जानकारी दिए।  दुर्घटनामा घाइते भएका १६ जनामध्ये तीनजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्यको डिस्चार्ज भइसकेको छ।

 मलंगवाबाट चालकसहित ४५ जना यात्रु बोकेर काठमाडौं आइरहेको ना६ख ७६६९ नम्बरको बस धादिङको सलाङघाटमा दुर्घटना हुँदा बेपत्ता १९ जनाको शव अझै भेटिएको छैन।

सर्लाहीको मलंगवाबाट चालकसहित ४५ जना यात्रु बोकेर काठमाडौं आइरहेको ना६ख ७६६९ नम्बरको बस धादिङको सलाङघाटमा दुर्घटना हुँदा बेपत्ता १९ जनाको शव अझै भेटिएको छैन।  दुर्घटनामा १६ जना घाइतेको उद्धार गरिएको, तीनजनाको घटनास्थल तथा नदीका विभिन्न स्थानमा सातजनाको शव फेला परेकाले चलानी संख्याका आधारमा अझै १९ जना यात्रु बेपत्ता रहेको आशंकामा खोजी कार्य जारी राखेको प्रहरी उपरीक्षक (एसपी) बैदवारले जानकारी दिए।  ‘राजमार्ग क्षेत्रका सबै प्रहरी युनिटहरूलाई आफ्नो क्षेत्र भित्रका नदीकिनारमा खोजतलास गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘कुरिनटारस्थित सशस्त्र प्रहरी तालिम केन्द्रबाट जल उत्पन्न प्रकोपमा तालिमप्राप्त प्रहरीहरूलाई पनि नदीमा परिचालन गरिएको छ। ’

बेपत्ताको खोजी गर्न तीन जिल्लामा समन्वय

बस दुर्घटना परी त्रिशूली नदीमा हराइरहेका यात्रुहरूको खोजी कार्य प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय धादिङले तीन जिल्लासँग समन्वय गरेको छ।  नदीमा बगेका केही शव चितवन, तनहुँ र पूर्वी नवलपरासीका नदीकिनारमा भेटिएपछि अन्य शव खोजीका लागि धादिङका प्रजिअ भागीरथ पाण्डेले समन्वयका लागि आग्रह गरेका हुन्।

आइतबार प्रजिअ पाण्डेको नेतृत्वमा तीनवटै सुरक्षा निकायका पदाधिकारी सम्मिलित टोली चितवन, तनहुँ र पुर्वी नवलपरासी जिल्लामा पुगेर प्रजिअहरूसँग भेट गरी नदीकिनार खोजतलास अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरिएको बताए।  ‘नदीले बगाउँदै अन्य जिल्लामा शव भेटिएपछि खोजतलासका लागि अन्य जिल्लासँग समन्वय गरिरहेका छौं,’ प्रजिअ पाण्डेले भने, ‘अहिले पनि खोजतलास जारी छ।  तर अझै प्रभावकारी रूपमा खोजी कार्य सञ्चालन गरिदिन आग्रह गर्दै जिल्लाजिल्लामा पुगेका हौं। ’

बगाएका सामानहरू तैरिने त्रिशूली नदीका सबै सम्भावित ठाउँहरूमा प्रहरीहरूको निगरानी पनि बढाइएको छ।  बगाइएका सामान र शव धेरैजसो नवलपरासीको त्रिवेणी बाँध फेला पर्ने भएकाले त्यहाँ कुनै शव फेला परे जानकारी गराउन पनि आग्रह गरिएको छ।

प्रकाशित: २७ श्रावण २०७६ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App