१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वन्यजन्तु मार्दा जेल चलान, नमार्दा आफ्नै ज्यान संकटमा !

काठमाडौं- सांसद राम नारायण विडारीले मध्यवर्ती क्षेत्रका बासिन्दालाई सुरक्षाको प्रत्याभुति दिन सरकारसंग माग गरेका छन्। 

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै वन्यजन्तु मार्दा राज्यको कानुनले जेल चलान गर्ने र नमार्दा आफ्नै ज्यान संकटमा पर्ने  जोखिमपूर्ण अवस्थामा मध्यवर्ती क्षेत्रका बासिन्दा रहेको भन्दै उनले उपयुक्त ढंगले सुरक्षाको वन्दोबस्त मिलाउन सरकारको ध्यानाकर्षण गराए।

उनले मान्छे र बन्यजन्तु दुवैको संरक्षण गर्नुपर्ने दायित्व भएपनि सरकारले बन्यजन्तुको मात्रै संरक्षण गर्ने गरेको आरोप लगाए। गरिबलाई न्युनतम आवश्यकताका लागि बासस्थान बनाउन प्रयोग गर्न नपाउने जंगल र रुख रातारात विदेश तस्कर भईरहेको भन्दै उनले हरियो बन नेपालको धन भन्ने स्पष्ट नीति बनाउन ध्यानाकर्षण गराए। वन्यजन्तु र बनजंगल संरक्षण सम्बन्धी विद्यमान ऐन कानुनप्रति असन्तुष्ठी जनाउदै उनले प्रश्न गरे “मान्छेलाई शिकार गराएर बन्यजन्तु पाल्ने नीति लिने ठिक हो? कि मान्छेको पनि संरक्षण गर्नुपर्ने हो? मान्छेले बन्यजन्तु मारेमा २० बर्ष कैद गर्ने अनि बन्यजन्तुका कारण मानिसको मृत्यु हुदाँ के गर्ने ? रुखका लागि मान्छे कि मान्छेका लागि रुख ? मान्छेका लागि वन्यजन्तु कि वन्यजन्तुका लागि मान्छे ? मान्छेलाई वन्यजन्तुको आहारा बनाउने हो ? ”

प्रकाशित: २६ श्रावण २०७६ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App