१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टेबल टेनिस टोली गुजरात प्रस्थान

काठमाडौं – छैटौं एसियाली विद्यालय टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको छ।

मंगलबारदेखि आइतबारसम्म हुने प्रतियोगितामा ६ छात्र तथा ३ छात्रा गरी ९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। छात्रमा संयोग कपाली, विशाल गोले, रुविन महर्जन, सुजन गदाल, एलेन महर्जन र आयुश भारती छन्। छात्रामा इभाना थापा मगर, वियंका राई र समीरा श्रेष्ठ छन्।

टोली प्रमुखमा विशाल खड्का तथा प्रशिक्षकमा पुरुषोत्तम वज्राचार्य, सिक्का सुवाल श्रेष्ठ र एलेक्स महर्जन छन्। नेपाल विद्यालय खेलकुद महासंघको पहलमा टोली सहभागी हुन लागेको हो। टोलीलाई महासंघका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही र महासंघका महासचिव राजकुमार कार्कीलगायतले एक कार्यक्रमबीच शनिबारै बिदाइ गरे।

प्रकाशित: २६ श्रावण २०७६ ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App