१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप

ओखलढुंगा – सिद्धिचरण नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक माध्यमिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ। नगरक्षेत्रभित्रका १३ वटा माविलाई प्रविधियुक्त शिक्षा विकासमा सहयोग पु¥याउने उद्देश्यले एक कार्यक्रमबीच ल्यापटप वितरण गरिएको उपमेयर इच्छाकुमारी गुरुङले बताइन्।

माविको पठन–पाठनलाई अहिलेको प्रविधिसँग जोड्दै कागजविहीन शिक्षा पद्धतिको विकास गर्ने उद्देश्यले विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको सिद्धिचरण नगरपालिकाप्रमुख मोहनकुमार श्रेष्ठको भनाइ छ। सिद्धिचरण नगरपालिकाभित्रका १२ वटा माविलाई १२ थान र रुम्जाटार माविलाई चार थान गरी ल्यापटप वितरण गरिएको हो। १२ वटा विद्यालयलाई १÷१ थान ल्यापटप वितरण गरिएको छ भने रुम्जाटार माविमा ‘एक शिक्षक एक ल्यापटप’को नीति रहेकाले थान ल्यापटप वितरण गरिएको नगरप्रमुख श्रेष्ठले बताए।

सिद्धिचरण नगरपालकाभित्र रहेका १५ मध्ये १३ वटा माविलाई मात्र ल्यापटप वितरण गरिएको हो। १५ वटामध्ये कडेनी मावि कडेनी र पुण्यमाता मावि बेतिनीले नगरपालिकाबाट आवश्यक कम्प्युटर र इन्टरनेट जडानका लागि ६ लाख ५० हजार रुपैयाँका दरले अनुदान लगिसकेकाले यसपटक ल्यापटप नदिएको नगरपालिका शिक्षा शाखाप्रमुख नइन्द्रराज राईले बताए। ल्यापटपले अहिलेको आधुनिक शिक्षा प्रणालीमा विद्यार्थीको पठनपाठनलाई सहयोग गर्ने सगरमाथा जनता माविका प्रधानाध्यापक माधवप्रसाद मास्केले बताए। अहिले धेरै शिक्षकलाई कम्प्युटरसम्बन्धी ज्ञान भए पनि आफूलाई यससम्बन्धी ज्ञान नभएको प्रधानाध्यापक मास्केको भनाइ छ।

‘पेपर लेस शिक्षा’को अवधारणासहित सो नगरपालिकामा रहेका हिमायलय मावि निशंखे, जनचेतना मावि भोर्ले, नारायणस्थान मावि, जाल्पा मावि गैरिगाउँ, चम्पादेवी मावि सल्लेरी, कुन्ता मावि ज्यामिरे, सगरमाथा जनता मावि, राज्यलक्ष्मी मावि सानिटार, जन्तरखानी मावि नवज्योति मावि मैदाने, कालिका मावि रुप्से र विगुटार माविलाई ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०७६ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App