१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भीमदत्तले विद्यार्थीलाई छात्रबृत्ति दिने

महेन्द्रनगर– कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। यसका लागि चालु आर्थिक वर्षमा भीमदत्त छात्रबृत्ति कोष स्थापना गर्ने नीतिगत निर्णय गरिएको छ। 

भीमदत्त नगरपालिकाको पाँचौ नगर सभाबाट गरीब, जेहेन्दार र लक्षित समूहका विद्यार्थीलाई छात्रबृत्ति दिन छात्रबृत्ति कोष स्थापना गर्ने निर्णय पारित गरिएको थियो। भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले नगर सभाको निर्णय अनुसार कोष सञ्चालनको मापदण्ड बनाएर छात्रबृत्ति वितरण गरिने बताए।

‘पाँचौ नगर सभाबाट गरीब, जेहेन्दार र लक्षित समूहका विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न भीमदत्त छात्रबृत्ति कोष स्थापना गर्ने निर्णय गरिएको छ’, निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले भने, ‘नगर सभाको निर्णयका आधारमा आवश्यक मापदण्ड बनाएर छात्रबत्ति प्रदान गर्छौं।’

कमजोर आर्थिक अवस्थाले पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई सहयोगका लागि छात्रबृत्ति कोष स्थापना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए। उनले भने, ‘पढाईमा राम्रो भएर पनि आर्थिक अवस्था राम्रो नहुँदा विद्यार्थीहरुले पढाई निरन्तरता दिन सक्दैन, त्यस्तो अवस्थामा थोरै भए पनि पढाईलाई निरन्तरता दिन यो कोष स्थापना गरी छात्रबृत्ति दिन लागेका हौं।’

चालु आर्थिक वर्षदेखि विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए। 

भीमदत्त नगरपालिकाले पाँचौ नगर सभाबाट चालु आर्थिक वर्षदेखि अनुदान वितरणका उपलब्धि र गुणस्तरका आधारमा विद्यालयहरुलाई थप अनुदान दिने व्यवस्था गरिएको छ। भीमदत्त नगरपालिकामा ५५ सामुदायिक, एक धार्मिक र ७१ संस्थागत विद्यालय सञ्चालनमा छन्। 

प्रकाशित: २५ श्रावण २०७६ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App