१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केरलामा बाढी २० जनाको मृत्यु

भारत- दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ। 

यस बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ। 

प्रत्यक्षदर्शीहरुका अनुसार केरलाको प्रायः भागमा आएको  भारी वर्षापछि बाढीको प्रकोप निम्त्याएको हो।  

बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिवीरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन्। 

सो शिवीरहरुमा ५ हजार ९३६ परिवारका २२ हजार १६५ व्यक्ति व्ल्यक्ति शरण लिई बसेका जनाइएको छ। सिन्ह्वा

प्रकाशित: २४ श्रावण २०७६ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App