१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

'बाँच्ने आशै थिएन, भाग्यले बाँचियाे'

तस्बिर: सरिता/नागरिक

धादिङ - बस एकनास गुडिरहेको थियो।  प्राय यात्रुहरु निदाएका थिए। म पनि निदाएको थिए। अकस्मात बस गल्ड्याङ गुल्डुङ भयो, केही यात्रु पाखामा उछिट्टिए भने केही बस भित्रै  थिए।  सर्लाहीको मलङगवाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस दुर्घटनाका घाइते मलङगवा नगरपालिका वडा नं ३ सर्लाहीका समिम राजा अन्सारी भने –‘आखाँ खुल्दा पानीमा रहेछु, बस पानीमा डुबेको थियो, मेरो सीटको झ्याल खुल्ला भएका कारण म नदिमा उछिट्टिए। ’

नदिले बगाउँदै लगेपछि अन्सारीले बाँच्ने आसै मारेका थिए।  पौड्न समेत नआउने उनले दुई तीन घुड्को पानी समेत खाए।  नदिले केही तल पु-याएपछि रुखका हागाँमा समाते र गुहार मागेको उनले बताए।  ‘बाँच्ने आशै थिएन, भाग्यले बाँचेको छु, उनले भने, ‘अहिले संसारै जितेको जस्तो लागेको छ। ’

गजुरी सामुदायिक अस्पतालमा उपचार गराइरहेका अन्सारीको हात, खुट्टा तथा अनुहारमा चोट लागेको छ।  सर्लाहीमा व्यवसाय गर्दै आइरहेका उनी सामान लिनका लागि काठमाडौँ हिडेका थिए।  उनका अनुसार मुढामा समेत यात्रुहरु बसेका थिए, बसको सीट भरिएको थियो, ५० भन्दा बढी यात्रुहरु थिए।  
    दुर्घटनामा घाइते अर्का यात्रु मलङगवा नगरपालिका वडा नं ८ का दिनेश ठाकुरको पनि खुट्टा र टाउकोमा चोट लागेको छ।  बसको झ्याल खुल्ला भएका कारण आफू बाँचेको उनले बताए।  ‘बसमा सुतिरहेको थिए, एक्कासी बस खस्यो’, उनले भने, ‘झ्याल खुल्ला थियो, उछिट्टिएर नदी किनारामा खसे र बाँचे। ’ उनी आफै दुर्घटनास्थलबाट माथि आएर अर्को गाडीलाई दुर्घटना भएको खबर गरेका थिए। 

दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।  तीन जनाको घटनास्थलमा, एक जनाको नदीले बगाउँदै गर्दा मुग्लिन र जुगेडीमा शव फेला परेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए।  १६ जना घाईतेलाई नेपाली सेना, शसस्त्र प्रहरी तथा स्वंयसेवी टोलीले उद्धार गरेका छन्।  सर्लाहीबाट ३८ जना र ३ जना गाडी स्टाफ सहित काठमाडौँ हिडेका थिए।  बीचमा केही यात्रुहरु थपिएका थिए।  दुर्घटनामा २० जना यात्रुहरु छन्।    

 जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार नदी बाहव बढेका कारण उद्धारमा कठिनाई भएको बताए।  घटनास्थलमा विपत ब्यवस्थापन तालिम केन्द्र कुरिनटारका गोताखोर सहिको शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मी तथा स्थानीयहरुले उद्धार गरिरहेका छन्।

प्रकाशित: २४ श्रावण २०७६ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App