१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दुई कलाकारलाई सम्मान

काठमाडौं  – यस वर्षको आधुनिक कला सम्मान कलाकारहरू चिनीकाजी ताम्राकार र टेकवीर मुखियालाई प्रदान गरिने भएको छ। बिहीबार सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा) ले  प्रेस विज्ञप्तिमार्फत दुई कलाकारहरूलाई लैनसिंह वाङ्देलको स्मृतिमा स्थापना गरिएको ‘आधुनिक कला सम्मान–२०७६’ प्रदान गर्न लागेको जानकारी गराएको थियो।

आगामी भदौ ५–९ सम्म आयोजना हुने ‘कलापुञ्ज–६’ को अवसर पारेर कलाकारहरू चिनीकाजी ताम्राकार र टेकवीर मुखियालाई सम्मान प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ। सोमाले नेपाल कला परिषद्मासँग सहकार्य गरेर ‘कलापुञ्ज–६’ को आयोजना गर्दैछ। सोमाका महासचिव जीवन राजोपाध्यायका अनुसार सो कार्यक्रममा कलाकार हीरालाल डंगोल, कर्ण मास्के र शान्तकुमार राईलाई मरणोपरान्त सम्मान गरिनेछ।

कलापुञ्ज–६ मा शंकरनाथ रिमाल, शंकरराजसिंह सुवाल, हेम पौडेल, गोविन्द डंगोल, श्यामलाल श्रेष्ठ, हरि खड्का, रत्नकाजी शाक्य, रमाराज मास्के र कान्ति न्यौपानेलगायत कलाकारहरूले तयार गरेको चित्रकलाहरू प्रदर्शन गरिनेछन्।

 

प्रकाशित: २४ श्रावण २०७६ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App