१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको भाउ फेरि १४ सय रुपैयाँ घट्यो

काठमाडौं–अमेरिकी राष्ट्रपतिको निर्वाचनले सुनको बजार उथलपुथल भएको छ। राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जितेपछि बुधबार १ हजार ३ सयले बढेको सुनको मूल्य बिहीबार फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा छापावाल सुन तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

डलर कमजोर हुनासाथ बुधबार सुन ५६ हजार ९ सय रुपैयाँबाट बढेर ५८ हजार २ सय रुपैयाँ पुगेको थियो। चाँदी पनि तोला १० रुपैयाँ घटेर ८ सय ४५ बाट घटेर ८ सय ३५ रुपैयाँमा झरेको छ । बुधबार २० रुपैयाँ बढेर ८ सय ४५ रुपैयाँ पुगेको थियो । ट्रम्पले आफ्नो विजयी सम्बोधनमा सबैलाई समेटेर लैजाने प्रतिवद्धताले लगानीकर्ताहरु ढुक्क भएकाले डलर बलियो हुने संकेत देखिएपछि सुनको मूल्य घटेको हुन सक्ने सुन व्यवसायीले टिप्पणी गरेका छन्।


 

 

प्रकाशित: २५ कार्तिक २०७३ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App