१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हिमाल र दीपकको जोडी दोस्रो चरणमा

काठमाडौं – सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) ‘बी’ का हिमाल मगर र दीपक केसीको जोडी बिहीबार पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

सेबको मुख्य प्रायोजन तथा ढोरपाटनको आयोजनामा भइरहेको प्रतियोगितामा बागलुङका सोम पुन र दिनेश पुन, काठमाडौंका होम पुन र विकास छन्त्याल, काठमाडौंका सागर सेढाईं र सुरेश राई, बागलुङका चोपेन्द्र जिसी र प्रकाश जिसी, थ्री स्टारका विशाल गुरुङ र होम थापा, बागलुङका ओमप्रकाश जिसी र तिलक कुँवर, काठमाडौंका रमेश केसी र खिम ओली, चितवनका अब्दुल श्रेष्ठ र विशाल गुरुङ तथा काठमाडौंका हेम छन्त्याल र महेन्द्र शेरचनको जोडी दोस्रो चरणमा पुगेका छन् ।

नयाँ बसपार्कमा भइरहेको प्रतियोगितामा १ सय १७ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार, तेस्रोेले २५ हजार र चौथोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित: २४ श्रावण २०७६ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App