१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१२ किलो सुनसहित दुई जापानी पक्राउ

ढाका – बंगलादेशको राजधानी ढाकास्थित एक अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजश्व अधिकारीले बताएका छन्।

मलेसियाबाट बंगलादेश पुगेका ती दुई जापानी नागरिकलाई सुनसहित बिहीबार पक्राउ गरिएको हो। ‘दुई जापानी नागरिक सुनसहित बंगलादेश प्रवेश गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ बंगलादेश राजश्व अनुसन्धान निर्देशनालयका उप¬–निर्देशक पायल पासाले चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँग बताए।

उनीहरुबाट जफत गरिएको १२ किलोग्राम (३० थान सुनका टुक्रा) को मूल्य बिहीबारको बजार मूल्य अनुसार छ करोड बंगलादेशी टाका अर्थात् सात लाख १४ हजार अमेरिकी डलर बराबर रहेको उप–निर्देशक पासाले बताए। ‘ती दुई जापानी नागरिक हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको हरियो गेट पार गर्ने क्रममा पाइन्टको खल्तीमा लुकाइराखेको अवस्थामा उक्त सुन जफत गरिएको छ,’ उनले बताए।

भन्सारले उनीहरुलाई बंगलादेशी प्रहरीको जिम्मा लगाइसकेको बताइएको छ। स्रोतका अनुसार विदेशी सुन तस्करसँग मिलेर बंगलादेशी आपराधिक गिरोहहरुले गैरकानुनी रूपमा ठूलो परिणाममा सुन, विदेशी मुद्रा, लागूऔषध तथा प्रतिबन्धित औषधी भित्र्याउने गरेका छन्।

 

प्रकाशित: २४ श्रावण २०७६ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App